फोहोर व्यवस्थापनका श्रमिकलाई कोकाकोलाको राहत
कोकाकोला नेपालले क्रियशन नामक गैर सरकारी संस्थाको पहमा फोहोर व्यवस्थापमा काम गर्ने तीन हजार दुईसय श्रमिकहरुलाई ११ जेठमा राहत विरतण गरेको छ ।
कोकाकोला र क्रियशनले ‘वेस्ट वर्कर इमरजेन्सी रिलिफ प्रोजेक्ट’ (डब्लूडब्लूईआरपी) घोषणा गरी यो पहल गरेको हो ।
जोखिममा रहेका 'वेस्ट वर्कर’ र उनीहरूका परिवारलाई संक्रमणबाट बचाउन सहयोग पुर्याउने उद्देश्यले सुरक्षा तथा राहत सामग्री प्रदान गरिएको हो ।
कोकाकोलाले कोभिड—१९ विरूद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रतिवद्धता अन्तर्गतकै याे एक हिस्सा हो ।
हालसम्म चार पटकको राहत वितरणमा चार सय ६० जना फोहर व्यवस्थापनमा काम गर्ने श्रमिकहरु प्रत्यक्ष लाभान्वित भइसकेका छन् ।
राहत कार्यक्रम अन्तर्गत सुरक्षा र जागरूकता कार्यक्रम, खाद्यान्न राहत प्याकेज तथा महिलाहरुका लागि वातावरण मैत्री तथा पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याडको र सरसफाइका लागि साबुन, डिटर्जेन्ट, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको थियो ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले सबैका लागि चुनौती बनेको कोभिड—१९ महामारीले अग्रपंक्तिमा काम गरिरहेका ‘वेस्ट वर्कर’ बढी जोखिममा रहेकोले उनीहरु र उनीहरुका परिवार यस महामारीको जोखिमबाट सुरक्षित रहुन् भन्ने कार्यक्रमको उद्देश्य राखेकाे बताए । उनले भने, ‘‘कोभिड—१९ महामारीको लडाइँमा हामी उनीहरुका साथमा छौं ।”