अमेरिकापछि ब्राजिलमा धेरै कोरोना संक्रमित, दैनिक २० हजारलाई संक्रमण
ब्राजिलमा कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । विश्वमा अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा धेरै भएको छ ।
अहिलेसम्म त्यहाँ तीन लाख ३२ हजार ३८२ पुगेको छ । उपचाररत संक्रमितको संख्या पनि एक लाख ७५ हजारभन्दा बढी छ । अहिलेसम्म २१ हजार ११६ जनाको मृत्यु भएको छ । एक लाख ३५ हजारभन्दा बढी निको भएका छन् ।
शुक्रबार मात्र झन्डै २० हजार नयाँ संक्रमित फेला परेका छन् बिहीबार झन्डै ११ हजार फेला परेका थिए ।
दैनिक मृत्युदरमा भने उतारचढाव छ । बिहीबार ११ सय ८८ जनाको मृत्यु भएको थियो भने शुक्रबार ९६६ को मृत्यु भएको छ ।
ब्राजिलमा नयाँ संक्रमितको संख्या अमेरिकाको भन्दा कम हो । त्याँ दैनिक २५ हजारको हाराहारीमा नयाँ संक्रमित फेला पर्छन् । अमेरिकामा अहिलेसम्म करीब साढे १६ लाख संक्रमित फेला परेका छन् । तीमध्ये ९७ हजार ६४० जनाको मृत्यु भइसकेको छ ।