स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री बालुवाटार फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि आज साँझ निवास फर्किएका छन् ।
छातिमा असहज महशुस भएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री आज साँझ नै बालुवाटार फर्किएको राससले जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न डा. अरुण सायमीले बताए ।
प्रधानमन्त्री ओलीले मुटुको नियमित परीक्षणका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराएका थिए ।
थप केही परीक्षणका लागि अपराह्न प्रधानमन्त्रीलाई अब्जरभेशनमा राखिएको डा.सायमीले बताए ।