ट्रेण्डिङ नम्बर वानमा आईएम वीथ मनिषा कोइराला
लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्शा जारी गरिएको निर्णयलाई मनिषा कोइरालाले स्वागत गरेपछि भारतीय सञ्चार माध्यमहरुमा उनको तीव्र आलोचना भइरहेको छ ।
उनी विरुद्ध बनाइएका सामग्रीहरु भारतीय सञ्चार माध्यमहरुको ट्रेण्डिङमा छ । भारतीय चलचित्र जगतले व्यक्तित्व बनाएकी मनिषाले भारतविरुद्ध नै अभिव्यक्ति दिइएको भनी आलोचना भइरहेको छ ।
तर, नेपालमा भने उनको समर्थनका सामग्री ट्रेण्डिङमा छ । सामाजिक सञ्जाल ट्वीटरको ट्रेण्डिङमा उनी लगातार एक नम्बरमा रहेकी छन् । ह्यास ट्याग आईएम वीथ मनिषा कोइराला ट्रेण्डिङ नम्बर एकमा छ ।
बिहीबार दिउँसो तीन बजेसम्म यो ह्यास ट्यागमा नौ हजार हाराहारीमा ट्वीट भएका छन् । कोइरालाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको ट्वीट रिट्वीट गरी नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् ।
कोइरालाले शान्तिपूर्ण सम्वादबाट यो विषय हल गर्न समेत आग्रह गरेकी छन् । तर, भारतमा भने उनले नेपालको पक्ष लिएको भनी आलोचना भइरहेको छ ।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now ? https://t.co/A60BZNjgyK