छाेरी बलात्कारकाे आरोपमा बाबु पक्राउ
आफ्नै ८ वर्षिया छोरी बलात्कार गरेको आरोपमा मोरङको कटहरी–६ संसारी टोलका एक व्यक्ति पक्राउ परेका छन् ।
छोरीलाई बलात्कार गरेको गाउँलेले थाहा पाएपछि भारततर्फ भागेका उनी ११ दिनपछि पक्राउ परेका हुन् ।
१० फागुनको राति बलात्कार गरेको घटना थाहा पाएका छिमेकीले उनको परिवारलाई नै भारततर्फ लुक्न पठाएका थिए । तर प्रहरीमा बलात्कारको उजुरी नपरेपछि १९ फागुनमा उनको परीवार घर फर्केको थियो ।
पिडीत बालिका सहज रुपमा हिड्न नसक्ने अवस्थामा रहेकोले उनलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको मोरङका प्रहरी उपरिक्षक मनोज केसीले बताए ।
प्रहरीले सोधपुछका लागि बालिकाकी आमा र छिमेकी महिलालाई पनि नियन्त्रणमा लिएको छ ।