'अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार' हिरण्य कुमारीलाई
यो वर्षको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने भएको छ । संस्थाले प्रेस विज्ञप्ति जारी गरेर पुरस्कार दिने निर्णय बारे जानकारी गराएको हो ।
साहित्यकार पाठकको साहित्यकार मोहचक्र, शून्यवत, अग्नीदह र दुस्वप्न, अव्यक्त, श्रीकृष्ण लीला, मेहनती मौरीहरु, दश महामुर्ख, रामकथा, चतुरे बन्यो नेतालगायत कथा संग्रह, कविता संग्रह, बालकथाहरु प्रकाशित भएका छन् ।
नेपाली महिला साहित्यकारहरुको संस्था ‘गुन्जन’ की अध्यक्ष रहेकी पाठकले ‘नारीश्वर’ त्रैमासिक साहित्यिक पत्रिकाको सम्पादन पनि गर्दै आएकी छिन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्दै आएको यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ । पुरस्कार प्रमाणपत्र र एकहजार अमेरिकी डलर रहेको विज्ञप्तिमा उल्लेख छ ।