वाह ! क्या खुलेको काठमाडौं (तस्वीरहरु)
कोभिड–१९ को महामारी रोकथामका लागि गएको ११ चैतदेखि जारी देशब्यापी बन्दाबन्दी कायमै छ । लामो समयको बन्दाबन्दीले जनजीवन नराम्रोगरी प्रभावित बनेको छ ।
अत्यावश्यक बाहेकका काममा कसैलाई पनि घर बाहिर निस्कन दिइएको छैन । तर, बन्दाबन्दीकै कारण मौसममा भने ठूलो सुधार देखिएको छ ।
राजधानी उपत्यका रमणीय बनेको छ । सरकारले बन्दाबन्दीकै बेला मर्मत तथा रंगरोगन गरेको सडक सफा देखिएको छ । सडक छेउमा फूलहरु फुलेका छन् अनि वर्षायाम अगाडिको आकाश खुलेको छ । दिनहुँजसो वर्षा भइरहेकाले आकाशमा मडारिने बादलले समेत उपत्यकाको शोभा बढाएको छ ।
आइतबार अपरान्ह रबिना चामलीङले उपत्यकाका विभिन्न स्थानबाट लिएको तस्वीरहरु।