आहा बेगनबेली ! वाह ज्याकारान्डा ! (तस्वीरहरु)
वासन्ती याममा यतिवेला रुख-बिरुवाले पालुवाको नयाँ लुगा फेरेका छन्। हरियाली र विविध फूलले प्रकृति सिंगारिएको छ।
काठमाडौं उपत्यकामा पनि वसन्तको बहार पोखिएको छ। यो वेला सडकका दायाँ-बायाँ ज्याकारान्डा फूलले उपत्यकामा बैजनी सौन्दर्य पस्किरहेका छन्। साथमा बेगनबेली लगायत विविध फूलको महक पनि छ। प्रकृतिप्रेमी र सौन्दर्य पारखीका लागि शहरमा हरियाली फर्किए झैं भएको छ।
अरु वेला सवारीसाधनको धूवाँ र धूलोले गुम्सिने काठमाडौं खाल्डो अहिले बन्दाबन्दीका कारण सङ्लिन पाएको छ। वेलावेला पर्ने झरीले रुख-बिरुवा र फूल सिनित्त पखालेर उज्यालो पारेका छन्।
हेर्नुस् केही तस्वीरमा काठमाडौंमा फूलैफूलको मौसम: