संघीय संसद् भवनको पूर्वतिर चम्किएको बिजुली (तस्वीर)
पश्चिम नेपालबाट बिहीबार बिहान प्रवेश गरेको मौसमी प्रणालीका कारण देशभरको मौसम प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, यो प्रणालीले हुरीसहित चट्याङ र पानी पार्नेछ। यसले आज अपराह्न पूर्वी नेपाल प्रभावित गर्ने जनाइएको छ।
काठमाडौं उपत्यकामा पनि पानी पर्नुका साथै चट्याङ परेको छ। यसै क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको पूर्वतिर बिहीबार मध्याह्नतिर चम्किएको बिजुलीको तस्वीर हिमालखबरका बिक्रम राईले क्यामरामा कैद गरेका छन्।