अभूतपूर्व उपत्यका (तस्वीर)
एक त बन्दाबन्दी त्यसमाथि दिनहुँजसो वर्षा । यतिबेला काठमाडौं उपत्यका वास्तवमै हेर्नलायक शहर बनेको छ ।
बन्दाबन्दीले सवारी साधन, उद्योगधन्दा र प्रदुषणका अन्य स्रोत न्यून हुँदा वायुमण्डलमा मनग्गे सूधार भएको छ । धुलाम्य सडक सफा गरिए झैं सिनित्त देखिएका छन् ।
धुवाधुलोका कमीका कारण पहिले टाढा र धुमिल देखिने वरिपरिका पहाँड छर्लङ देखिएका छन् । पहाडपर्तिरका हिमालमा परेको सूर्यको प्रकाश र परावर्तित सुनौलो दृश्यले धेरैको मन हरेको छ ।
वास्तवमा आजको काठमाडौं पछिल्लो दशकहरुमा शहरवासी बन्न आएकाहरुका लागि अविश्वसनीय देखिएको छ । अभूतपूर्व देखिएको छ ।
कोरोनाभाइरसको महामारीका कारण ११ चैतदेखि बन्दाबन्दी सहिरहेका उपत्यकावासीलाई यो प्राकृतिक सुन्दरताले थोरै भए पनि राहत दिइरहेको साथै तनाव व्यवस्थापनमा सघाउ पुर्याइरहेको हुनुपर्छ ।