चन्द समूहका पाेलिटब्यूराे सदस्य अनिल विरही चितवनबाट पक्राउ
प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका पाेलिटब्यूराे सदस्य अनिल शर्मा विरहीलाई चितवनबाट पक्राउ गरेकाे छ । उनलाई चितवनबाट पक्राउ गरिएकाे गृह उच्चस्राेतले पुष्टि गरेकाे छ ।
चितवनको पुरानो मेडिकल कलेजमा उपचारका लागि गएका समयमा प्रहरीले विरहीलाई पक्राउ गरेको थियो । उनी मधुमेहका रोगी भएकाले नियमित चिकित्सकको सम्पर्कमा रहने गरेको थिए । विरहीको स्थायी घरपनि चितवनमै हो ।
प्रहरीले विरही पक्राउ परेको पुष्टिगर्दै थप विवरण संकलन भइरहेको जनाएको छ ।
विप्लव नेतृत्वकाे नेकपाकाे १३ सदस्य रहेकाे पाेलिट ब्युराे सदस्यमध्ये एक रहेका विरहीले केही समय पूर्वी कमाण्डकाे नेतृत्व गरेका थिए । पछिल्लाे समय उनी पार्टीकाे प्रकाशन विभाग प्रमुखका रूपमा सक्रिय थिए ।
सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहका गतिविधीमाथि २८ फागुन २०७५ मा प्रतिवन्ध लगाएको थियो । त्यसयता पार्टीका स्थायी समिती सदस्य हेमन्तप्रकाश ओली सुर्दशन सहित नेताहरु माईला लामा, उमा भुजेल सहितका संयौं केन्द्रीय नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।