पाँच अंकले घट्यो शेयर बजार
साताको पहिलो दिन आज शेयरको मूल्य करीब पाँच अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको हो ।
ठूला कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले घटेर २३३.८८ विन्दुमा कायम भएको छ ।
आज कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर रु २३ करोड ५३ लाख २० हजार ९४० मूल्यमा खरीद बिक्री भयो ।
कारोबार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ ।
होटल ४.२३ र जीवन बीमा ५३.०८ विन्दुले बढ्दा ब्याङ्किङ ६.५९, विकास ब्याङ्क ४.४६, जलविद्युत् ४.११, वित्त ०.४४, निर्जीवन बीमा २७.७२, उत्पादन २३.७३, अन्य १.८९ र लघुवित्त ७.५५ विन्दुले घटेको छ ।