कोरोनाभाइरस संक्रमितको संख्या ३३ लाख नाघ्यो, झन्डै साढे १० लाख निको भए
विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या ३३ लाख नाघेको छ। सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्।
अमेरिकामा मात्र अहिलेसम्म संक्रमितको संख्या झन्डै ११ लाख पुगेको छ। त्यहाँ करीब ६४ हजारको मृत्यु भइसकेको छ। करीब डेढ लाख जना निको भएका छन्।
विश्वमा कोरोनाभाइरसबाट निको हुनेको संख्या पनि करीब साढे १० लाख पुगेको छ। सबैभन्दा बढी निको हुने अमेरिकामा नै छन्। त्यसपछि स्पेनमा एक लाख ४० हजार निको भएका छन्। त्यहाँ कूल संक्रमित करीब दुई लाख ४० हजार छन्।
निको भएका र मृत्युु भएकाबाहेक विश्वमा अहिले सक्रिय संक्रमितको संख्या करीब २० लाख ३३ हजार छ। तीमध्ये ५१ हजार गम्भीर बिरामी छन्। ९७ प्रतिशत भने मध्यमप्रकारका बिरामी हुन्।