बन्दाबन्दीमा बढ्यो फेसबूकबाट अपराध
बन्दाबन्दीको समयमा सामाजिक र आर्थिक असहजताका साथै मानसिक रुपमा पनि दबाब भइरहेको र आफूलाई सकारात्मक काममा व्यस्त राख्न नसक्दा डिजिटल हिंसाका घटना बढ्न थालेकाे छ ।
रीता (परिवर्तित नाम) लाई रोविन थापाको नाममा फेसबूकमा साथी बनाउने अनुरोध आयो । साथी भएपछि म्यासेन्जरमा आफ्नै अश्लील फोटो आयो । त्यसपछि ती व्यक्तिले पैसा माग्दै धम्क्याउन थाले । रीताले प्रहरीमा उजुरी दिइन् । प्रहरीले खोजी गर्दै जाँदा रामशरण सापकोटा पक्राउ परे । उनले रोविन थापाको नाममा झूटो फेसबूक खाता खोलेर त्यसरी धम्क्याएका थिए ।
सुजन श्रेष्ठले रमा (पूरा नाम गोप्य राखिएको) को नामबाट फेसबूकमा झूटो खाता खोले । उनैको प्रोफाइल र कभर फोटो राखे । त्यही खाताको म्यासेन्जरबाट रमाका आफन्तलाई अपरिचित महिलाको अश्लील फोटो पठाउन थाले । प्रहरीमा उजुरी परेपछि उनी पनि पक्राउ परेका छन् ।
बन्दाबन्दीमा अधिकांश घरैमा छन् । इन्टरनेट समय कटाउने माध्यम बनेको छ । तर, इन्टरनेटको माध्यमबाट हिंसा पनि बढेको छ । खासगरी सामाजिक सञ्जाल दुरुपयोग गरी हिंसा गरिएको उजुरी बढ्दो छ ।
बन्दाबन्दी लागू भएको दिन ११ चैतदेखि ११ वैशाखसम्म ‘डिजिटल हिंसा’ का १७२ उजुरी परेका छन् । त्यसअघि सामान्य अवस्थामा प्रत्येक महीना औसत १४० उजुरी पर्ने गरेको थियो ।
केन्द्रीय साइबर ब्यूरोका अनुसार बन्दाबन्दी लागू भएको दिन ११ चैतदेखि ११ वैशाखसम्म ‘डिजिटल हिंसा’ का १७२ उजुरी परेका छन् । त्यसअघि सामान्य अवस्थामा प्रत्येक महीना औसत १४० उजुरी पर्ने गरेको थियो ।
बन्दाबन्दीको एक महीनामा उजुरी दिने महिला ९४, पुरुष ७५ र अन्य तीन जना छन् । ब्यूरोका अनुसार बालबालिका सम्बन्धी उजुरी तीन वटा छन् । प्रायः आफ्नो तस्वीरमा अश्लील तस्वीर जोडेको, अश्लील भिडियो बनाएको र अश्लील शब्द लेखेर पठाएका उजुरी छन् ।
केही साताअघि मनोज सिंह फेसबूक, म्यासेन्जर र इमोबाट सरु (परिवर्तित नाम) लाई अश्लील फोटो पठाएको आरोपमा पक्राउ परे । प्रहरीले सिंहलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्यो । अदालतले मागेको रु.१ लाख ५० हजार धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भएका छन् ।
‘रिभेन्ज पोर्न’, अश्लील फोटो तथा भिडियोहरु अनलाइनमा प्रकाशित गर्ने अपराध हुन्छ । व्यक्तिको सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिएर फिरौती मागेका उजुरी पनि दर्ता भएका छन् ।
केन्द्रीय साइबर ब्यूरोका अनुसार विभिन्न प्रकारका नग्न तस्वीरमा व्यक्तिको अनुहार जोडी फेसबूकमा राखेर गर्ने अपराध बढी छ । ‘रिभेन्ज पोर्न’, अश्लील फोटो तथा भिडियोहरु अनलाइनमा प्रकाशित गर्ने अपराध हुन्छ । व्यक्तिको सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिएर फिरौती मागेका उजुरी पनि दर्ता भएका छन् ।
सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्वीर प्रयोग गरेर प्रोफाइल पेज खोली अश्लील सन्देश र फोटो राखिदिने, धम्कीपूर्ण सन्देश पठाउने, फेसबूक आईडी ह्याक गरी अनलाइनबाट रकम मागी ठगी गर्ने जस्ता अपराध भइरहेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको वेबसाइट ह्याक पनि हुन थालेको छ । एसएमएस र सामाजिक संजालबाट चिठ्ठा खेलाएर ठगी गरेका उजुरी पनि परेका छन् ।
बन्दाबन्दीमा ‘भर्चुअल’ सम्बन्ध बढेसँगै डिजिटल हिंसाका नयाँ स्वरुपसमेत देखिन थालेको अधिवक्ता बाबुराम अर्याल बताउँछन् । फेसबूक, इन्स्टाग्राम, ट्वीटर, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल प्रयोगबारे सचेत नहुनु र कानूनी प्रावधान समेत जानकारी नहुनु हिंसा बढ्ने एउटा कारण भएको उनको भनाइ छ । “सजिलै प्रयोग गर्न सकिने भर्चुअल संसारको अन्धकार बुझाउन सकिएको छैन, अहिले समय कटाउन माध्यम मात्र बनेको छैन, नकारात्मक पक्ष अवगत नहुँदा हिंसाको कारक पनि बनेको छ”, उनी भन्छन् ।
“आफूृमाथि भएको हिंसाविरुद्ध उजुरी दिँदा कारवाही हुन्छ भन्ने विश्वास दिलाउन सके न्यूनीकरण गर्न सकिन्छ ।”
सामाजिक संजाल मार्फत विशेषगरी बालबालिका र महिलामाथि हिंसा भइरहेको छ । पछिल्लो समय इन्टरनेटमा बालबालिकाको पहुँच पनि बढेकाले उनीहरुले अज्ञानतावश गर्ने कामले हिंसा बढाएको अधिवक्ता अर्याल बताउँछन् । उनी भन्छन्, “आफूृमाथि भएको हिंसाविरुद्ध उजुरी दिँदा कारवाही हुन्छ भन्ने विश्वास दिलाउन सके न्यूनीकरण गर्न सकिन्छ ।”
कतिपय साइबर अपराध गर्ने र अपराधमा पर्ने दुवै बालबालिका भएकाले विद्यालय तहदेखि नै कानूनी प्रावधानबारे पढाउनुपर्ने उनी बताउँछन् । कानूनी प्रक्रियालाई सहज बनाउन प्रहरीले पनि परामर्शलाई सहज बनाउनुपर्ने उनी बताउँछन् ।
बन्दाबन्दीको समयमा सामाजिक र आर्थिक असहजता छ । मानसिक रुपमा पनि दबाब भइरहेको र आफूलाई सकारात्मक काममा व्यस्त राख्न नसक्दा डिजिटल हिंसाका घटना बढेको मनोविद् गोपाल ढकाल बताउँछन् । उनी भन्छन्, “बन्दाबन्दीको ३५ औं दिनसम्ममा मानसिक रुपमा चिडचिडाहट बढेको छ । त्यसैले आवेगको वेला निर्णय लिने क्षमता कम हुने हुँदा हिंसात्मक गतिविधि बढ्ने गर्छ ।”