अमेरिकामा मृतकको संख्या ५२ हजार नाघ्यो, एकैदिन मृत्यु हुनेको फरक तथ्याङ्क सार्वजनिक
अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार १८५ पुगेको छ। त्यहाँ मृत्यु नयाँ संक्रमित हुने दर घटेको छैन। पछिल्लो २४ घन्टामा मृत्यु हुनेको तथ्याङ्क भने फरक फरक सार्वजनिक भएको छ।
अमेरिकामा कोरोनाभाइरस र संक्रमितबारे जोहन हप्किन्स विश्वविद्यालयले अनुसन्धान गर्दै आइरहेको छ। सो विश्वविद्यालयले शुक्रबार मात्रै त्यहाँ तीन हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ। त्यस्तै ८७ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।
तर, विश्वको तथ्याङ्क राखिरहेको वल्ड मिटरले भने पछिल्लो २४ घन्टामा १९ सय ५१ जनाको मात्र मृत्यु भएको जनाएको छ। जसमध्ये सबैभन्दा बढी ४३० जनाको मृत्यु भएको छ। त्यसपछि मासाचुसेटसमा १९६ र न्यू जर्सीमा १८९ जनाको मृत्यु भएको छ।
अमेरिकामा कूल संक्रमितको संख्या पनि नौ लाख नाघेको छ। अहिलेसम्म नौ लाख २५ हजारभन्दा बढी संक्रमित छन्। तीमध्ये एक लाख १० हजारभन्दा बढी निको भएका छन्। सक्रिय संक्रमितको संख्या सात लाख ६२ हजार छन्।