पूर्व सचिव भीम उपाध्याय पक्राउ
सामाजिक सञ्जालमा कोभिड–१९ का सम्बन्धमा अफवाह फैलाएको आरोपमा पूर्व सचिव भीमप्रसाद उपाध्याय पक्राउ परेका छन् ।
केन्द्रीय साईबर ब्यूरोले बुधबार राति कुसुन्तीस्थित उपाध्यायको घरबाटै पक्राउ गरेको छ । उनी बिरुद्ध साईबर ऐन अन्र्तगत कारबाही अघि बढाउन तयारी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
सामाजिक सञ्जालमा सक्रिय रहेका उपाध्यायले दुई जना कोभिड–१९ को संक्रमित फेला परेको गलत सूचना सम्प्रेषण गरेको आरोप लागेको छ । उपाध्याय पछिल्लो समय सरकारले ओम्नी समूहबाट खरीद गरेको औषधि प्रकरणमा स्वास्थ्य सचिव यादवप्रसाद कोइराला बिरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए ।
यसपछि पूर्व सचिव उपाध्याय र बहालवाला सचिव कोइराला बीच सामाजिक सञ्जालमा जुहारी नै चलेको थियो । यस बाहेक प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व एमाले पक्ति बिरुद्ध लगातार सामाजिक सञ्जालमा कडा रुपमा प्रस्तुत हुँदै आएका उपाध्यायलाई पक्राउ गरिएको छ । उनको पक्राउबारे प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।