कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या फ्रान्समा पनि २० हजार नाघ्यो
कोरोनाभाइरसबाट २० हजारभन्दा बढीको मृत्यु हुने फ्रान्स चौँथो देश भएको छ। अमेरिका, इटाली र स्पेनमा मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ।
फ्रान्समा सोमबार ५४७ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या २० हजार २६५ पुगेको छ। कूल संक्रमित एक लाख ५५ ३८३ छन्। तीमध्ये ३७ हजार ४०९ जना निको भएका छन्। अब त्याँ सक्रिय संक्रमित ९७ हजार ७०९ जना छन्।
सबैभन्दा बढी अमेरिकामा ४२ हजार ५१४ जनाको मृत्यु भएको छ। इटालीमा २४ हजार ११४ र स्पेनमा २० हजार ८५२ जनाको मृत्यु भएको छ। उता बेलायतमा पनि मृतकको संख्या १६ हजार ५०९ पुगिसकेको छ।
यसैबीच स्पेन दुई लाखभन्दा बढी संक्रमित हुने दोस्रो देश बनेको छ। त्यहाँ संक्रमितको संख्या दुई लाख २१० पुगेको छ। तीमध्ये ८० हजार ५८७ जना निको भएका छन्। सक्रिय संक्रमित ९८ हजार ७७१ जना छन्।
अमेरिकामा संक्रमित सबैभन्दा बढी सात लाख ९२ हजार ७५९ पुगेको छ। तीमध्ये ७२ हजार ३८९ जना निको भएका छन्। अहिले पनि त्यहाँ ६ लाख ७७ हजार ८५६ जना संक्रमित छन्।