नेपालमा एकै दिन थपिए १४ जना कोरोना संक्रमित, एकै जिल्लामा १२ जनामा संक्रमण
नेपालमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या ३० पुगेको छ। शुक्रबार एकै दिन १४ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उदयपुरमा १२ जना र चितवनमा २ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये उदयपुरमा १२ जना नै पुरुष रहेको मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये ४० वर्षीय एक जना, ३४ वर्षीय एक जना, २९ वर्षका दुई जना, २८ वर्षका चार जना, २५ वर्षीय एक जना र २२ वर्षका एक छन्।
यस्तै, दुई जना संक्रमित चितवनमा भेटिएका हुन्। ६३ वर्ष र २७ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
संक्रमित ३० जनामध्ये एक जना उपचारपछि निको भइसकेका छन्।