डब्लूएचओ 'आधारभूत जिम्मेवारीमा असफल' भएको पोम्पीयोको आरोप
अमेरिकी विदेशमन्त्री माइक पोम्पीयोले संयुक्त राष्ट्र संघ महामारीप्रति जिम्मेवार नबनेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई अनुदान रोकेको विषयको प्रतिरक्षा गरेका छन् ।
बिहिबार वासिङ्टन डीसीबाटै मध्य र दक्षिण एसियाका पाँच जना सम्पादकहरूसँग भिडियो कन्फ्रेन्समार्फत बोल्दै पोम्पीयोले नेपाल, भारत र यस क्षेत्रका अन्य मुलुकको आर्थिक र स्वास्थ्य समस्या अमेरिकाले समाधान गर्ने बताए ।
"हामीले डब्लूएचओलाई असहयोग गर्न खोजेको नभएर नागरिकलाई जोगाउने प्रयत्न गरेका हौँ । डब्लूएचओले आफ्नो जिम्मेवारी पूरा गर्न सकिरहेको छैन र आफ्नो आधारभूत कर्तव्य निर्वाह गर्न असफल भएको छ । जब संगठन नै असफल भयो त्यसपछि हामीले अर्को विकल्प रोजेका हौँ ।"
महामारी विरुद्ध लड्न र यसको औषधि पत्ता लगाउन अन्तर्राष्ट्रिय सहाकार्य आवश्यक परेका बेलामा अमेरिकाले किन डब्लूएचओलाई गरिरहेको सहयोग रोक्नु परेको भन्ने नेपाली टाइम्स का सम्पादक कुन्द दीक्षितको प्रश्नमा उनले भने, "हामीले डब्लूएचओलाई असहयोग गर्न खोजेको नभएर नागरिकलाई जोगाउने प्रयत्न गरेका हौँ । डब्लूएचओले आफ्नो जिम्मेवारी पूरा गर्न सकिरहेको छैन र आफ्नो आधारभूत कर्तव्य निर्वाह गर्न असफल भएको छ । जब संगठन नै असफल भयो त्यसपछि हामीले अर्को विकल्प रोजेका हौँ ।"
डब्लूएचओको सबैभन्दा ठूलो दातामध्येको एक अमेरिकाले गएको वर्ष मात्रै ४० करोड अमेरिकी डलर सहयोग गरेको थियो । अहिले ट्रम्पको आदेशमा डब्लूएचओकालागी गरिएको सहयोग बन्द करिब दुई–तीन महिना चल्ने र त्यसपछि संस्थाको गतिविधिहरूको समिक्षा गरेर पुन: सञ्चालनमा आउने अनुमान गरिएको छ ।
पोम्पीयोले अमेरिकी सहयोग नियोग यूएसएआईडी र विदेश विभागमार्फत अमेरिकाले विश्वभर महामारी विरुद्ध लड्नका लागि ५० करोड अमेरिकी डलर भन्दा बढी रकम सहयोग गरेको र त्यसमा डब्लूएचओको सहभागीता नरहेको बताए ।
उनले मंगलबार ट्रम्पले जस्तै डब्लूएचओलाई 'चीन समर्थक' भएको आरोप त दोहोर्याएनन, तर बेइजिङ्गले प्रकोपसँग सम्बन्धित तथ्याङ्क लुकाएको र त्यसका लागी चीन जवाफदेही भएको जिकिर गरे ।
बुधबार पोम्पीयोले फक्स न्यूजसँगको अन्तर्वार्तामा "भाइरस कसरी फैलिरहेको छ, भन्ने विषयमा चीनले प्रष्ट पार्नुपर्ने" बताएका थिए । वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीको ल्याबबाट लिक भएको भाइरस सहरमा फैलिन सुरु भएको हुनसक्ने अनुमान गरिएको छ ।
डब्लूएचओले पटकपटक कोरोनाभाइरस ल्याबमा बनाइएको भन्ने हल्लालाई अस्वीकार गर्दै यो कृतिम भाइरस नभएको र जनावरबाट मानिसमा सरेको बताइरहेको छ । उसले सम्भवत: चमेरोबाट मानिसमा सरेको हुनसक्ने बताएको छ ।
"डब्लूएचओका आधिकारीहरूले पटकपटक यो भाइरस ल्याबमा बनेको कुनै प्रमाण छैन भनेर भनिरहेका छन् । विशेषज्ञहरूले पनि यो दाबीमा प्रमाणको कमी छ भनेर भनिसकेका छन् ।"
बिहिवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजानल पोम्पीयोको भनाइको खण्डन गरेका छन् । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, "डब्लूएचओका आधिकारीहरूले पटकपटक यो भाइरस ल्याबमा बनेको कुनै प्रमाण छैन भनेर भनिरहेका छन् । विशेषज्ञहरूले पनि यो दाबीमा प्रमाणको कमी छ भनेर भनिसकेका छन् ।"
यता बिहिवारको भिडियो कन्फ्रेन्समा पोम्पीयोलाई गरिएको अर्को प्रश्न थियो, "के यो महामारीकै कारण ग्लोबल पावर अमेरिकाबाट सरेर चीन विश्वको पहिलो शक्ति राष्ट्र हुन गईरहेको हो ?" जवाफमा पोम्पीयोले भने, "अमेरिका, विश्वका लोकतान्त्रिक देशहरू र स्वतन्त्रता प्रेमीहरू सर्वसत्तावादी देशको तुलनामा कयौं गुणा अगाडि हुनेछन् । लोकतान्त्रिक मुलुकको तुलनामा केन्द्रशासित मुलुकले यो महामारी नियन्त्रण गर्नसक्छ भन्नु उचित हुँदैन । चुनौतीको सामना गर्न र यसको नेतृत्व गर्न अमेरिका सँधै तयार रहनेछ ।"
"लोकतान्त्रिक मुलुकको तुलनामा केन्द्रशासित मुलुकले यो महामारी नियन्त्रण गर्नसक्छ भन्नु उचित हुँदैन । चुनौतीको सामना गर्न र यसको नेतृत्व गर्न अमेरिका सँधै तयार रहनेछ ।"
उनले भारत र अमेरिका महामारी विरुद्धको औषधि पत्ता लगाउन र स्वास्थ्य सामाग्री बनाउने विषयमा सहकार्य गरिरहेको बताए । तर उनले इन्डो प्यासिफिक पार्टनरशिप र व्यापार जस्ता चीनले चुनौती दिएका विषय हल गर्न दुवै देशले कसैलाई नरोकेको बताए ।
डब्लृचओलाई चीनकेन्द्रीत भएको भन्दै अमेरिकाले दिइरहेको अनुदान रोकेको विषयमा विश्वभरबाट आलोचना भइरहेको छ । आलोचकहरूले राष्ट्रपति ट्रम्पको कमजोरीका कारण अमेरिकामा महामारी फैलिएको बताइरहेका छन् ।
अहिले कोरोना संक्रमित विश्वभरका झण्डै २२ लाख मानिसमध्ये करिब एक तीहाई अमेरिकामा छन् भने त्यहाँ मात्रै ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।