बन्दाबन्दीमा कुँजिनबाट जाेगिन यहाँ छन् भर्चुअल फिटनेस सेन्टर
घरभित्रै बसेर दिक्क हुनुभएको छ भने भर्चुअल संसार तपाइँलाई स्वागत गर्न पर्खिएर बसिरहेको छ । त्यहाँ भर्चुअल फिटनेस सेन्टर खुला छन् र यी एप्लिकेसनहरु प्रयोग गरेर घर भित्रै बसिरहे पनि तन्दुरुस्त राख्न पनि त्यत्तिकै उपयोगी छन् ।
यो लकडाउनको तेस्रो हप्ता हो र हामीले जिम हाउसको सदस्यता र ‘मर्निङवाक’ सम्झनु पर्ने भएको छ । घरैमा गरिने कसरतहरु अव्यवहारिक र प्रभावहीन जस्ता लाग्छन् तर मलाई विश्वास गर्नुहुन्छ र तपाइँसँग जानकारीमूलक एप्लिकेशन हुने हो भने त्यो वास्तवमै काम लाग्ने हुन्छ ।
तपाइँले विश्वास गरे पनि नगरे पनि घरमा विना कुनै एक्सरसाइज मेसिन र वेट्स कसरत गर्नु चुनौतीपूर्ण हुनसक्छ । यस्ता वेलाको मुख्य साथी प्रतिवद्धता नै हो । यदि तपाइँले कुनै विश्वसनीय एप्लिकेशनले भनेजस्तै गरी गर्दै जानुभयो र नियमितरुपमा कसरत गर्न छाड्नु भएन भने तपाइँ वास्तवमै तन्दरुस्त बन्न सक्नुहुन्छ । के त्यसो भए जिमखाना–मित्रका रुपमा एप्लिकेशनलाई स्वीकार गर्नुहुन्छ ? ल हेरौं है त ।
नाइक ट्रेनिङ क्लब
यदि मेरो फोनमा एउटा फिटनेश एप्लिकेशन अट्ने ठाउँ छ भने त्यो मेरो पहिलो छनौट हुनेछ नाइक ट्रेनिङ क्लब । यो एप्लिकेशन लन्च हुनुभन्दा पहिले एक वर्षभन्दा बढी समय यसको विकास गर्न खर्च गरिएको थियो । त्यही कारणले अहिले धेरैले हरेक दृष्टि (डिजाइन, अनुभूति, विशेषता र ब्राण्ड एकीकरण आदि) ले राम्रो एप मानेका छन् ।
नाइकले करिब २०० वटा विकल्पहरुसहित एप्लिकेशन लोड गर्छ । प्रशिक्षकहरुले हरेक कसरतका सूक्ष्म पक्ष र व्यायामका विभिन्न अवस्था देखाइएको साना साना भिडियो प्रस्तुत गर्छन् । सबैभन्दा राम्रो कुरो त के हो भने यो एप्लिेकेशन निःशुल्क प्राप्त गर्न सकिन्छ ।
५ देखि २० मिनेटसम्मका छोटाछोटा उदाहरणले भर्खर कसरत गर्न सुरु गर्नेहरुलाई समेत प्रोत्साहित गर्दछ । यसैबीच एप्लिकेशनले केही अफरहरु पनि दिन्छ तर यो अनुभवी कसरत गर्नेहरुलाई बढी उपायोगी हुन्छ ।
तपाइँले निश्चित फिल्टर प्रयोग गरेर शरीरको कुन भागमा केन्द्रित भएर कसरत गर्न चाहनुहुन्छ त्यही सुविधा उपलब्ध हुन्छ । जस्तै मांसपेशी समूहमा एब्स र कोर । कसरतका विभिन्न रुपहरु जस्तै एन्डुरेन्स, मोभिलिटी, स्ट्रेन्थ, योगा पनि उपलब्ध छन् । उपकरण लिएर वा नलिइकन गर्न सकिने सुविधा यसमा पाइन्छन् । यदि तपाइँ ढुक्क हुनुभएको छैन भने त्यहाँ वर्क आउट द्याट बुस्ट योर मुड, बेस्ट अफ एब्स, आर्म्स एन्ड ग्लट्स वा क्वारेन्टिन अवधिका लागि उपयोगी बिग वर्कआउट फर स्मल स्पेश जस्ता विकल्प छन् र तिनलाई समय खेर नफाली उपयोग गर्न सक्नुहुन्छ ।
जिमखानाका सञ्चालकहरु कसैका लागि कसरत योजना बनाउनु वास्तविक कसरत गर्नुजत्तिकै महत्वपूर्ण रहेको बताउँछन् । यदि उपयुक्त कसरत योजनामा ब्राउजिङ र शून्य बनाउने ध्याउन्नले गलाउँछ भने नाइक एपमा तपाइँले ४, ६ वा ८ हप्ताका लागि उपयुक्त योजना छनौट गर्ने विकल्प पनि दिइएको छ । लगनका साथ गर्ने हो भने आनन्ददायक परिणाम पनि पाउन सक्नुहुनेछ ।
एप्पल वाच उपयोग गर्नेहरुका लागि पनि यो एप उपयोगी छ । तपाइँले गर्ने गरेको कसरत, हार्टरेट, क्यालोरिज र स्ट्याटस आदिको जानकारी लिन फोन बाहिर निकालिरहनै पर्दैन ।
थर्टी डे फिटनेश च्यालेन्ज
थर्टी डे फिटनेश च्यालेन्ज त्यस्तै अर्को एप्लिकेशन हो । उपहार पाएका वा राम्रो लागेर किनिएका स्कर्ट वा सर्ट साँघुरो भएर लगाउन पाउनु भएको छैन भने यो एपले तपाइँको चाहना पूरा गरिदिन सक्छ । यो एप इन्स्टल गरेर लन्च गरेपछि यसले सोध्न थाल्छ, के तपाइँ तौल घटाउन चाहनुहुन्छ ? भुँडी घटाउन वा मांसपेशीमा आफूले चाहेजस्तो आकार निर्माण गर्न चाहनुहुन्छ ? त्यसो हो भने आफ्नो आवश्यकता अनुसार यसको उपयोग गर्न सुरु गर्नुहोस् ।
यो एपले शरीरको जुन भागमा केन्द्रित भएर कसरत गर्न खोजेको हो त्यही प्रतिफल दिन सक्छ । तपाइँ आफ्नो एब्स, टाउको, पाखुरा, गोडा र सम्पूर्ण शरीर केन्द्रित कसरत गर्न पनि गर्न सक्नुहुन्छ । ती कसरत सामान्य, मध्यम र कडा खालका पनि छन् । यो एप सहजै गर्न सकिने र सामान्य भाषा भएकाले पनि पहिलो पटक कोशिस गर्न आएकाहरुको पहिलो रोजाइमा पर्दै आएको छ ।
तपाइँको प्रशिक्षण प्रगतिको रेकर्डिङ, दिनहुँ सम्झाउन सूचनाहरु (नोटिफिकेसन्स) र सामाजिक सञ्जालमा शेयर गरेर अरुलाई प्रेरित गर्ने सुविधा पनि यो एपले दिएको छ ।
सबै सामग्री एउटा व्यावसायिक फिटनेश कोचले डिजाइन गरेका हुन् । छिटो परिणाम देखिन दैनिक आहारबारे बताइएको अनुशासनमा बस्नु आवश्यक हुन्छ । यसैले एप्लिकेशनले ३० दिने योजनामा खाना र त्यसका लागि आवश्यक किनमेलको सूची पनि उपलब्ध गराउँछ । निश्चय नै सही ढंगको खानपिन नहुने हो भने कसरतले भनेजस्तो परिणाम दिँदैन । यो एप देखाउन होइन परिणाम निकाल्न बनाइएको हो । यो वास्तविक डिजिटल कोच भएकाले तपाइँलाई तन्दरुस्त राख्न प्रेरित गर्ने छ ।
योग/डाउन डग
सबैजनालाई जम्प र बुर्पेजजस्ता कसरत उपयोगी हुँदैनन् । कसरतले आनन्द दिन सकोस्, चिन्तनशील बनाउन र मानसिक स्वास्थ्य सबल बनाउन सहयोग गरोस् भन्ने हो भने व्यायाम योजना आवश्यक हुन्छ । योजनावद्ध ढंगले कसरत गर्ने हो भने शरीरमा शक्ति र लचिलोपन विकास गर्न सकिन्छ । यसका लागि सही उत्तर योग नै हो । योग अभ्यासका लागि डाउन डग योग एप साँच्चै उपयोगी छ ।
यो भर्चुअल कसरत अभ्यास गरिरहँदा संगीत सुन्दै त्यसले दिएको निर्देशनानुसार गर्दै जाने होभने एपले मानिसलाई एउटा काल्पनिक योग स्टुडियोमा पुर्याउँछ । श्वास लिने र छाड्ने निर्देशलाई पछ्याउँदै आँखा चिम्लेर आनन्ददायी संसारमा विचरण गर्न सकिन्छ । पूर्व रेकर्डेड ट्युटोरियलबाट बाहिर निस्किएर आफूले चाहे अनुसारको तालमेल मिलाउने सुविधा पनि यस एपमा रहेको छ । यसले तपाइँका हरेक विहानी अलग महसुस गराउन सक्छ ।
यो एपका माध्यमबाट तपाइँले योगका केही तरिका सिकेर अभ्यास गर्न सक्नुहुन्छ । जस्तैः भर्खरै योगाभ्यास गर्न थालेकाहरुलाई सौम्य योग, बसी बसी शरीरका सबै अंगप्रत्यंग तन्काउन वा आराम पुर्याउन हठयोग, घरबाटै काम गरिरहेकाहरुले कुर्सीबाट नउठी रिफ्रेस हुन खोज्नेलाई कुर्सीयोग, सम्पूर्ण शरीरका लागि उपयोगी व्यायाम सूर्य नमस्कार आदि । अन्त्यमा सबै खालका तनाव र चिन्ताबाट मुक्त हुन १० मिनटको ‘योग निन्द्रा’ अभ्यास गरेर घरभित्रै गरिएको कसरत टुंग्याउनुहोस्।
यो डाउन डग एप पूर्णतः निःशुल्क नभए पनि यसका निर्माताले विश्वभरि बन्दाबन्दी भएका वेला सबैले उपयोग गर्न सकुन् भनेर १ मे २०२० देखि निःशुल्क डाउनलोड गर्न सकिने सुविधा दिएका छन् ।
अझै केही समय घरमै बसौं, नमस्ते ।