दक्षिण कोरियामा मास्क र पञ्जा लगाएर संसदीय निर्वाचन
दक्षिण कोरियामा आज (बुधबार) संसदी निर्वाचन भइरहँदा मंगलबार (अप्रिल १४) मा संसदीय निर्वाचन भइरहँदा कोरोनाभाइरस संक्रमणबाट पाँच जनाको मृत्यु भयो भने २७ नयाँ संक्रमित भेटिए। तर, त्यहाँका नागरिक एक मिटर दूरी कायम राखेर भोट हाल्नका लागि लाइनमा बसिरहेका छन्।
भोट हाल्न मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ। त्यसअघि उनीहरुको ज्वरो जाँचिएको थियो र हात सफा गरेर मात्र पञ्जा लगाउन दिइएको थियो।
त्यहाँ नेशनल एसेम्बेलीको ३०० सिटका लागि प्रशितश्पर्धा भएको हो। त्यसका लागि ३५ दल दर्ता भएका थिए। तर, मुख्य प्रतिश्पर्धा भने सत्तामा रहेको मिन्जु (प्रजातान्त्रिक) पार्टी र प्रमुख विपक्षी कन्जरभेटिभ युनाइटेड फ्युचर पार्टीबीच हुने बीबीसीले जनाएको छ।
निर्वाचनमा कोरोनाभाइरसको विषयले अन्य मुद्दा भने ओझेलमा पारेको थियो। खासगरी कमजोर अर्थतन्त्र र राष्ट्रपतिको कार्यालयका भ्रष्टाचारका काण्डहरुमा बहस भएन। यो निर्वाचनलाई सन् २०२२ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीहरुको लोकप्रियता जाँच्ने माध्यमका रुपमा पनि लिइएको छ।