इटालीमा पनि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो
इटालीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २० हजार ४६५ पुगेको छ। सोमबार ५६६ जनाको मृत्यु भएपछि मृतकको संख्या २० हजार नाघ्ने इटाली दोस्रो देश भएको हो।
त्यहाँ जम्मा संक्रमितको संख्या एक लाख ५९ हजार ५१६ पुगेको छ। तीमध्ये ३५ हजार ४३५ जना निको भएका छन्। अझै एक लाख तीन हजार ६१६ संक्रमित छन् भने तीन हजार २६० को अवस्था गम्भीर छ।
त्यहाँ सोमबार तीन हजार १५३ नयाँ संक्रमित भेटिएका छन्। आइतबार भने चार हजार ९२ नयाँ संक्रमित भेटिएका थिए।
कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा २३ हजार ६४० पुगेको छ। त्यहाँ सोमबार एक हजार ५३५ जनाले ज्यान गुमाए। हिजै २६ हजार ६४१ नयाँ संक्रमित पनि फेला परेका छन्।