रौतहटका १९ वर्षीय युवकमा कोरोनाभाइरसको संक्रमण पुष्टि
रौतहटका एक १९ वर्षीय युवकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यस अघि बिहान कैलालीमा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयद्वारा आयोजित मिडिया ब्रिफिङमा बोल्दै प्रवक्ता डा. विकाश देवकोटाले कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाभाइसबाट संक्रमित हुनेको संख्या १४ पुगेको छ । सुरुमै संक्रमण देखिएका एक जना बिरामी भने पूर्ण रुपमा कोरोनाभाइरसमुक्त भइसकेका छन् ।