खेलाडी र प्रशिक्षकका लागि अनलाइनबाटै मनोवैज्ञानिक कक्षा चलाउने
नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा संघसँग भिडियो कन्फरेन्सबाट शुक्रबार छलफल गरेको छ ।
कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बन्दाबन्दीमा खेलाडी, प्रशिक्षकको अवस्था बुझ्न र उनीहरुलाई केहि समस्या परेको भएको सामाधान गर्नका लागि छलफल गरिएको बताए । उनले भने, “खेलाडी र कोचका लागि दैनिक सुचीसमेत तयार गरेर फलोअप गर्ने निस्कर्ष निकालेका छौंं । त्यसैगरी पोषणविदहरुसँग नियमित सम्पर्क गराएर खेलाडीको खेल अनुसारको पौष्टिकतत्व दिन पनि शुरु हुन्छ ।”
छलफलले आइतबारदेखि खेलाडी र प्रशिक्षकका लागि अनलाइनबाटै मनोवैज्ञानिक कक्षा संचालन गर्ने निर्णय पनि गरेको कमिटीले विज्ञप्ति निकालेर जानकारी दिएकाे हाे ।छ ।
कोभिड १९ का कारण नेपालमा ११ चैतदेखि बन्दाबन्दीपछि खेलाडीहरु घरभित्रै रहेका छन् ।
जसका कारण उनीहरुलाई मानसिक, शारिरिक रुपमा फिट राखि राख्नका लागि ओलम्पिक विभिन्न चरणमा भिडियो कन्फरेन्समार्फत छलफल गरी शुक्रबार खेलाडी र प्रशिक्षकसँग छलफल गरेको हो ।