गरिबी: नेपालको वास्तविक महामारी
कोरोना भाइरसभन्दा धेरै पहिलेदेखि नै नेपालको ग्रामीणक्षेत्रमा भएका अस्पताल पुरानै सार्वजनिक स्वास्थ्य संकटसँग जुधिरहेका छन् ।
बिहीबार बेलुकी ८ बजेसम्म विश्वमा १५,३६,६७७ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् र मृत्यु हुनेहरुको संख्या पनि ८९,९०७ जना पुगिसकेको छ ।
डिसेम्बरमा वुहानबाट फैलिएपछि यसको फैलने गति, प्रभावित जनसंख्या र भूगोल मानव इतिहासमै अभूतपूर्व छ ।
वुहानबाट आएका एक छात्रमा कोभिड १९ देखिएपछि रिपोर्ट गर्ने पाँचौ देश हो नेपाल । यद्यपि नेपालमा हालसम्म ९ जनामात्र संक्रमित भएका छन्, ती मध्ये १ जना निको भएर फर्किसकेका छन् । नेपालमा १७ मार्चदेखि नै बन्दाबन्दीको घोषणा गरिसकिएको छ ।
हामीकहाँ पक्कै पनि धेरै मानिसहरु संक्रमित छन्, तर केही कारणले यहाँ ठूलो प्रकोप देखिएको छैन । अन्यत्र देखिएजस्तो ठूलो संख्यामा वृद्ध र जोखिममा रहेका व्यक्तिहरुको भीडभाड हाम्रा अस्पतालमा देखिएको छैन ।
दुर्गम अछाम जिल्लाको सामुदायिक अस्पतालमा काम गरिरहेका हामीहरुले पहिले देखि विद्यमान सार्वजनिक स्वास्थ्य समस्याबाहेक कोभिड १९ महामारी र प्रशारण शृङ्खला पनि तोड्नु जरुरी भएको छ। यो यहाँको पहिलेदेखि नै विद्यमान सार्वजनिक स्वास्थ्य संकटहरु मध्ये सबैभन्दा माथि छ ।
नेपालको निरपेक्ष गरिबी २००६ मा ५९.३ प्रतिशत थियो तर अहिले २० प्रतिशतमा झरेको छ । देशका अधिकांश भाग यस्तो चरम गरिबीबाट ग्रस्त छन् कि त्यहाँका नागरिक गम्भीर बिमारी पर्दा समेत वेवास्ता गरेर बस्न बाध्य छन् किनभने उनीहरु अस्पतालसम्मको यात्रा समेत गर्नै सक्दैनन् ।
बयलपाटामा हामीले धेरै दिन हिँडेर आएका वा बोकेर ल्याइएका बिरामीहरु जो चिकित्सा सेवाबाट लिन नसक्ने वा त्यसका लागि आवश्यक खर्च गर्न समेत नसक्ने खालका छन् तिनीहरुलाई उपचार गरिरहेका छौं । एउटा बिरामी व्यक्तिसँग गरिबीमा पनि साथ दिने परिवार हुन्छन्, र उपचारका लागि लिएको ऋण तिर्न पुरुषहरु गाउँठाउँबाट पलायन हुन्छन् । नेपालको वास्तविक महामारी गरिबी हो ।
एक ४२ वर्षीय महिलालाई अघिल्लो हप्ता बयलपाटा अस्पतालमा भर्ति गरिएको थियो । माध्यमिक विद्यालयको परीक्षा दिन लागेकी छोरीको स्कूल जाने क्रममा लडेर उनको देब्रे गोडाको दुबै हड्डी भाँचिएका थिए । छोरीले दिन लागेको एसएलसी परीक्षा अन्तिम समयमा कोभिड १९ का कारण स्थगन गरिएको थियो ।
त्यस्तै रुखबाट लडेका कारण तीघ्राको हड्डी भाँचिएकाले एउटा १४ वर्षीय किशोरलाई अस्पतालमा भर्ना गरिएको थियो । बन्दाबन्दी भए पनि घाँस/दाउरा गर्नैपर्छ, मकै रोप्नुपर्छ र पशुपालन पनि गर्नुपर्छ ।
बयलपाटा अस्पतालले सरकारको निर्देशन अनुसार आकस्मिक विभाग र ज्वरो क्लिनिक सञ्चालन गरेको छ । हामीले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस बिरामीहरुसँग कसरी व्यवहार गर्ने भनेर प्रशिक्षण दिएका छौं । हामीले अहिलेसम्म पश्चिमी नेपालमा धेरै सामना गरेको रोग भनेको चरम गरिबीसँग सम्बन्धित रोगहरु हुन् ।
लान्सेट ग्लोबल हेल्थ कमिशनका अनुसार विश्वभरिमा हरेक वर्ष ८० लाख (८ मिलियन) मानिस जो न्यून वा मध्यम आय भएका देशमा बस्छन्, उनीहरु उपचार गर्न सकिने अवस्थामै मर्छन् । स्थिति यस्तो भए पनि अझै यो विश्वव्यापी महामारी भनिएको छैन ।
नेपालमा प्रत्येक वर्ष १२०० भन्दा बढी महिलाहरु बच्चा जन्माउने क्रममा मर्छन् । अर्थात् हरेक दिन ३ जनाको मृत्यु हुन्छ । नेपालमा क्षयरोगले प्रत्येक वर्ष ६००० व्यक्तिको ज्यान लिन्छ । गत वर्ष नेपालमा सडक दुर्घटनामा परेर २७,३६६ जनाको मृत्युभएको थियो । यी सबै मृत्युहरु एक किसिमले अभाव र असमानतासँग जोडिएका थिए ।
बयलपाटा अस्पतालमा प्रत्येक दिन कुपोषणका कारण कमजोर भएका, शारीरिक विकास हुन नसकेका र बेलामौका देखिने संक्रमणबाट ग्रस्त बालबालिकाको स्वास्थ्य समस्या हेरिरहेका छौं । उनीहरुको परिवारले गरिबीकै कारण ती बालबालिकालाई पर्याप्त खाना उपलब्ध गराउन पनि सक्दैनन् ।
हरेक दिन हड्डी भाँचिएका, विभिन्न संक्रमणले ग्रस्त र घाउखटिरा वा पिलो जस्ता समस्याले पिरोलिएका मानिसहरुको उपचार गरिरहेका छौं । मूलतः यस्ता समस्या बालबालिकाहरुमा देखिन्छन् किनभने उनीहरुका बाउआमा खेतमा काम गर्न वा आयआर्जनका लागि विदेश जानुपर्ने बाध्यतामा हुन्छन् ।
कोभिड १९ एउटा खतरनाक, सहजै फैलिनसक्ने भाइरल संक्रमण हो । यदि यो महामारी पश्चिमी नेपालमा फैलियो भने गरिबीको पीरामिड माथि एउटा अर्को रोगको बोझ थपिनेछ र हामीले ती सबैसँग हरेकदिन सामना गरिरहनु परिरहेको छ ।
- न्याय हेल्थ नेपालका स्वास्थ्य निर्देशक गौचन अछाम जिल्लास्थित बयलपाटा अस्पतालमा कार्यरत छन् ।