महामारीमा मौन शहर (३६० डिग्री भ्यू फोटो फिचर)
देश अहिले बन्दाबन्दी (लकडाउन) मा छ। महामारीबाट बच्ने एकमात्र उपाय एकान्तबासलाई आत्मसात् गर्दै मानिसहरू घरभित्रै थुनिएका छन्। हरबखत हतारोमा दगुर्ने अति व्यस्त काठमाडौं शहर पनि अहिले गहिरो शान्तिमा छ।
दौडधुपमा अभ्यस्त दिनचर्याबाट हठात् आइपरेको बाध्यात्मक फुर्सदले आफू र आफ्नो कर्मको लेखाजोखा गर्ने ‘अवसर’ जुराइदिएको छ। यो घर बसाइले विगतमा भागदौडको जिन्दगीमा सम्झना र समयबाट छुटिरहेका प्रियजनसँग सम्बन्ध नवीकरण गरिदिएको छ।
मानवीय गतिविधि खुम्चिएर उकुसमुकुसमा रहँदा यो वेला प्रकृति भने उन्मुक्त भएर मुस्कुराउन पाएको छ। शारीरिक दूरीमा रहेका मानिसलाई खुलेको आकाश, स्वच्छ वातावरण, चराको चिरबिरसँग नजिक पुर्याइदिएको छ।
अघिपछि भीडभाड र कोलाहल हुने काठमाडौंका सार्वजनिक स्थान, चोक, पाटी–पौवा, मठमन्दिरको ३६० डिग्री भ्यूसहितको बन्दाबन्दी–तस्वीरहरूः
पशुपतिनाथ मन्दिर ।
बौद्धनाथ स्तुप ।
चाबहिल चाेक ।
बालाजु चोक ।
कलंकी चोक ।
सहिद गेट ।
वसन्तपुर दरबार स्क्वायर ।
हनुमानढोका क्षेत्र ।
ईन्द्र चोक
असन चाेक
नारायणहिटी दरवार संग्रहालय
दरबार मार्ग
काल भरव मन्दिर
कालिमाटी तरकारी बजार
नया बसपार्क , गोंगबु
नया बसपार्क, गोंगबु
पाटनढाेका