११ तस्वीरमा काठमाडौंको बन्दाबन्दी
कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) को १४ दिन भइसकेको छ। ११ चैतदेखि देशभर घोषणा गरिएको बन्दाबन्दीको समय दोस्रो पटक थप्दै ३ वैशाखसम्म लम्ब्याइएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी ८ दिन थप गरेको हो।
पश्चिम नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित देखिएसँगै सरकारले बन्दाबन्दीको समय थप गर्नुका साथै अझ कडाइ गरेको छ।
काठमाडौंका मुख्य सडकमा बन्दाबन्दीको पालना भएको देखिए पनि भित्री सडक तथा पसलहरुमा मानिसहरुको चहलपहल र जमघट हुने गरेको छ।
बन्दाबन्दीको १४ औं दिन काठमाडौंका मुख्य ठाउँ र सडकको अवस्था कस्तो देखियो त ? गरौं तस्वीर-भ्रमण: