धुलिखेल अस्पतालमा कोभिड–१९ को परीक्षण शुरु
काभ्रेको धुलिखेल अस्पतालमार्फत कोभिड–१९ भए/नभएको पत्ता लगाउन परीक्षण सेवा शुरु भएको छ ।
अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले रिअल टाइम पिसिआर मेसिनमार्फत परीक्षण शुरु गरेको बताएका छन् । आइतबारबाट उक्त सेवा शुरु भएकामा पहिलो दिन १७ जना शंकास्पद व्यक्तिको कोडिभ–१९ परीक्षण गरिएको छ ।
डा. कोजूका अनुसार, उनीहरुको सोमबार मात्र रिपोर्ट आउनेछ । अस्पतालको प्रयोगशालमा दैनिक ९० जनासम्मको कोभिड–१९ जाँच्ने क्षमता छ । प्रयोगशालामा दुई जना विशेषज्ञ र झण्डै १० जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।