क्वारेन्टिन बनाउन शाहरुख खानले दिए आफ्नै कार्यालय
बलिउड अभिनेता शाहरुख खानले आफ्नो कार्यालय क्वारेन्टिन बनाउनका लागि दिने भएका छन् ।
शाहरुखले दिने कार्यालयमा बन्ने क्वारेन्टिनमा बालबालिका, महिला तथा बृद्धबृद्धा राखिनेछ।
बृह्रमुंबई महानगरपालिकाले शाहरुखले आफ्नो कार्यालय क्वारेन्टिन बनाउन दिएको जानकारी दिएको छ।
महानगरले सामाजिक सञ्जालमार्फत् शाहरुखले दिएको कार्यालयमा बन्ने क्वारेन्टिनमा महिला, बालबालिका तथा जेष्ठ नागरिक राखिने जनाएको छ। तर, यसबारे शाहरुख र उनकी पत्नी गौरीले भने कुनै प्रतिक्रिया जनाएका छैनन्।
भारतमा कोरोना महामारीबाट २९ सय बढी संक्रमित भएका छन् भने ७७ जनाको मृत्यु भइसकेको छ।
यो महामारी रोक्न भारत सरकारले २१ दिने बन्दाबन्दीको घोषणा गरेको छ।