भारतमा कोरोना विरुद्धको लडाइँमा अभिनेता शाहरुख खानले सहयोग गर्ने
बलिउड अभिनेता शाहरुख खानले कोरोनाभाइरस (कोभिड-१९) महामारीबाट सिर्जित स्वास्थ्य तथा मानवीय संकटमा सहयोग गर्ने बताएका छन्।
उनले ट्विट गर्दै कोरोनाभाइरस विरुद्धको लडाइँमा आफू र आफ्नो टिमले सघाउने निर्णय गरेको उल्लेख गरेका छन्। "यसका लागि हामी विभिन्न प्रकारका कदम चाल्दैछौं। आशा छ, यसबाट केही न केही राहत मिल्नेछ", उनले लेखेका छन्।
उनले महाराष्ट्र र पश्चिम बङ्गालको सरकारलाई स्वास्थ्यकर्मीका लागि ५० हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउने भएका छन्।
यस्तै, मुम्बईका ५ हजार ५ सय परिवारलाई दैनिक खाद्यान्न आपूर्ति गर्ने उनको तयारी छ। यसका साथै एउटा भान्छा सञ्चालन गरेर हरेक दिन विभिन्न अस्पताल र घरहरुमा २ हजार व्यक्तिलाई खाना उपलब्ध गराउने बताइएको छ।
भारतमा कोरोनाभाइरसबाट २ हजार ५ सयभन्दा बढी संक्रमित भएका छन्। जसमध्ये शुक्रबारसम्ममा १ सय ९२ जना उपचारपछि घर फर्किएका छन् भने ७२ जनाको मृत्यु भएको छ।