पूर्व क्रिकेटर गौतम गम्भीरको दुई वर्षको तलब काेराेना राेकथाम कोषमा
भारतका पूर्व क्रिकेटर एवम् भारतीय जनता पार्टी (बीजेपी) का सांसद गौतम गम्भीरले आफ्नो दुई वर्षको तलब प्रधानमन्त्री नागरिक सहयोग तथा उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।
कोरोना महामारीबाट भारतमा दुई हजार बढी संक्रमित र ५० जनाको मृत्यु भइसकेका बेला पूर्व क्रिकेटर गौतम गम्भीरले आफ्नो तलब कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । उनले अरुलाई पनि सहयोग कोषलाई बल पु-याउन आग्रह गरेका छन् ।
“मैले मेरो दुई वर्षको तलब यो बिपदका बेला कोषमा जम्मा गरेको छु। यसमा अरुले पनि सहयोग गर्नुपर्छ”, उनले भनेका छन् । भारतका पूर्व क्रिकेटर गौतमले यसअगाडि पनि नागरिक कल्याणका क्षेत्रमा काम गर्दै आएका छन् ।
कोरोना रोकथाम प्रयासका लागि यसअगाडि नै एक करोड सहायता गर्ने घोषणा गरेका थिए । छुट्टै कोष बनाएर आफ्नो निर्वाचन क्षेत्र दिल्लीमा गरीब परिवारका लागि सहायता गर्दै आएका उनले कोरोना महामारी रोकथामका लागि प्रधानमन्त्री कोषमा दुई वर्षको तलब घोषणा गरेका हुन ।