भाइरस भगाउन हवन !
जसरी जलिरहेको एउटा खुर्सानीको खार वायुमा प्रसार हुँदा घरभित्र र वरिपरिको वातावरण प्रदूषित हुन्छ, त्यसैगरी हवनले पर्यावरणमा रहेका भाइरस आदि जीवाणुको स्वतन्त्र प्रसारण रोक्न सकिन्छ भन्ने चिन्तन विज्ञानपरक देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्राणघातक कोरोना (कोभिड १९) भाइरस श्वासप्रश्वाससँगै निस्कने थुकका छिटाथोपाहरु मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यसरी निस्कने छिटाथोपाहरुले २ वर्गमिटर क्षेत्रफल वरिपरि रहेको अर्को व्यक्तिमा संक्रमण हुनसक्छ ।
संक्रमण हुन सक्ने क्षेत्रफलका बारेमा फरक मत देखिएका छन् । अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले २.५ मिटर वर्गक्षेत्रफल र चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले ४.५ मिटर वर्गक्षेत्रफल भित्र संक्रमण हुन सक्ने जनाएका छन् ।
संक्रमण प्रमाणित भइसकेका र हुन बाँकी व्यक्तिहरुको श्वासबाट निस्किएका भाइरसहरु वरपरको वायुमण्डलमा फैलिएका हुन्छन् । त्यसरी हावामा फैलिएका भाइरस तत्कालै नमर्ने भएकाले संक्रमणबाट जोगिन वायुको शुद्धीकरण अनिवार्य हुन्छ ।
भाइरसको विशेषता भनेको जीवको शरीरमा सजीव रहनु र वायुमण्डलमा निर्जीव वस्तुको रुपमा रहनु हो । यसै कारणले भाइरसलार्ई अब्लिगेटरी प्यारासाइट पनि भनिन्छ ।
क्यानडाको क्यालगेरी युनिभर्सिटीको डिपार्टमेन्ट अफ फिजियोलोजी, फर्माकोलोजी एन्ड पेडियाट्रिक्समा कार्यरत उपप्राध्यापक डा. मेरी क्लेर एरियटका अनुसार पृथ्वीमा अनुमानित फाइव इन्टु टेन टु दि पावर थर्टी अर्थात् नौ निलियन (३० वटा शून्य) ब्याक्टेरियाहरु छन् ।
यो ब्रह्माण्डमा भएका ताराहरूको संख्याभन्दा पनि बढी हो । उनका अनुसार पृथ्वीमा भएका ब्याक्टेरिया, भाइरस, प्रोटोजुवा लगायतका सूक्ष्म जीवाणुहरुको तौल संसारभरका सम्पूर्ण वनस्पति, जीवजन्तुको कुल तौलभन्दा बढी छ । ती मध्ये अधिकांश जीवाणु हावामण्डलमा पाइन्छन् । आधुनिक सूक्ष्म जीव विज्ञानले अहिलेसम्म एक प्रतिशत जीवहरु मात्र पहिचान गर्न सकेको छ ।
नयाँ नयाँ प्रजातिका जीवाणुले उपयुक्त वातावरण पाउने वित्तिकै वायुमण्डलबाट प्रकट भएर विभिन्न रोग वा महामारीको रुप लिन्छ।
आयुर्वेदमा ‘इपिडिमिक’ (कुनै समयमा निश्चित क्षेत्रमा मात्र फैलिएको) रोगलाई जनपदोध्वंश भनिएको छ । जनपदोध्वंश हुने कारणमा विकृत वायु, जल, माटो र काल (मौसम/समय) आदिलाई औंल्याइएको छ । यी सबै पर्यावरणका मुख्य तत्त्व हुन् ।
वायु शुद्धीकरणका लागि वैदिककालदेखि हवन गरिँदै आएको छ र यो एउटा शास्त्रीय विधि हो । हवनकुण्डमा अग्निका माध्यमबाट माटो, वायु र जललाई शुद्ध बनाउने प्रक्रिया नै हवन हो । हवन कार्यबाट निस्कने धुवाँको प्रसारणले पर्यावरणलाई शुद्ध गर्दछ भन्ने तथ्य केही वैज्ञानिक अनुसन्धानले देखाएको छ ।
पर्यावरणीय तत्त्वहरुमा विकृति आएपछि नयाँ नयाँ जीवाणु (भाइरस, ब्याक्टेरिया, आदि) देखिन्छन् । कोभिड १९ पनि यही प्रक्रियाबाट प्रकट भएको हो । विकृत वायु, जल, माटो र काल (मौसम÷समय) शुद्धीकरणका लागि हवन उपयोगी भएको पाइएको छ ।
वायु शुद्धीकरणका लागि वैदिककालदेखि हवन गरिँदै आएको छ र यो एउटा शास्त्रीय विधि हो । हवनकुण्डमा अग्निका माध्यमबाट माटो, वायु र जललाई शुद्ध बनाउने प्रक्रिया नै हवन हो ।
हवन कार्यबाट निस्कने धुवाँको प्रसारणले पर्यावरणलाई शुद्ध गर्दछ भन्ने तथ्य केही वैज्ञानिक अनुसन्धानले देखाएको छ । जसले वायुमा रहेका रोगकारक जीवाणुहरुलाई मार्दछ । अनुसन्धानहरुका अनुसार हवनको प्रभाव पाँच किलोमिटरको वायु वृत्तसम्म हुन्छ ।
२८ अगस्ट सन् २००७ मा यूरोपको ‘जर्नल अफ इथ्नोफर्माकोलोजी’मा प्रकाशित अनुसन्धान अनुसार एउटा कोठामा एक घण्टा वैदिक हवन गरेर ब्याक्टेरिया गणना गर्दा ९४ प्रतिशत घटेको देखियो ।
हवनमा अग्नि बाल्न प्रयोग हुने समिधा (आँप, पीपल, बर, खयर, पलाँस, बेल, चन्दन, आदि सुगन्धित काठ) र घ्यूसँगै हालिने तिल, गुग्गुल, जौ (चरु) आदिको जारणपछि उत्पन्न हुने धुवाँमा ‘फर्मिक अलडिहाइड’ नामक ग्यास उत्सर्जन हुन्छ, जसले कडा एन्टिसेप्टिकको काम गर्छ । हात धुँदा जसरी एन्टिसेप्टिकले जीवाणु मार्छ, त्यसैगरी फर्मिक अलडिहाइडले वरपरको वायुमा रहेका हानिकारक जीवाणुहरु सफाइ गर्छ ।
यसैगरी सन् १९९७ मा भारतको ‘इन्भाइरोन्मेन्ट एन्ड टेक्निकल कन्सल्टेन्ट्स’का डाइरेक्टर डा. मनोज गर्गले ‘उत्तर प्रदेश प्रदूषण कन्ट्रोल बोर्ड’सँगको सहकार्यमा गोरखपुरमा अर्को अनुसन्धान गरेका थिए । त्यसका लागि लामो समय (अश्वमेध यज्ञ) हवन गरेर त्यस क्षेत्रको हावा र पानी परीक्षण गरिएको थियो ।
हवन गर्नु अगाडि र पछाडिको अवस्था तुलना गर्दा त्यस क्षेत्रको २० मिटर वरिपरिको वायुमा हानिकारक सल्फर डाइअक्साइड ७५ प्रतिशत र नाइट्रस अक्साइड १० प्रतिशत घटेको पाइयो । सँगै त्यसक्षेत्रको पानीमा रहेको हानिकारक ब्याक्टेरिया पनि ७० प्रतिशतसम्म घटेको पाइयो । हवनले वातावरणको दुर्गन्ध पनि हटाएको थियो ।
नाइट्रोजन डाइअक्साइड र यी दुई ग्यासकै कारण पृथ्वीमा अम्लीय वर्षा (एसिड रेन) हुन्छ । यस्तो वर्षाले वर्षेनि धेरै जंगल एवं बालीनाली नष्ट गर्नुका साथै समुद्री जीवहरु मारेको छ । हवन गर्दा नाइट्रस अक्साइड, सल्फर डाइअक्साइड घटाएर जति हुनुपर्ने हो त्यति बनाउन सहयोग पुर्याउँछ ।
सामान्यतः सुक्खा वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा ०.००००१ प्रतिशत र नाइट्रस अक्साइडको मात्रा ०.००००५३ प्रतिशत रहेको हुन्छ । कोइला र तेल जलेर सल्फर डाइअक्साइड निस्कन्छ भने पेट्रोलियम बलेपछि र कृषि तथा अद्यौगीकरण कार्यबाट नाइट्रस अक्साइड उत्सर्जन हुन्छ।
वायुमण्डलमा यी दुवै ग्यास वृद्धि हुँदा मानव श्वासप्रश्वास प्रणालीमा इन्फ्ल्युएन्जा जस्ता भाइरस आकर्षित हुने र श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना बढ्छ । ओजोन तह पातलो बनाउन पनि यिनै दुई ग्यासको भूमिका हुन्छ ।
नाइट्रोजन डाइअक्साइड र यी दुई ग्यासकै कारण पृथ्वीमा अम्लीय वर्षा (एसिड रेन) हुन्छ । यस्तो वर्षाले वर्षेनि धेरै जंगल एवं बालीनाली नष्ट गर्नुका साथै समुद्री जीवहरु मारेको छ । हवन गर्दा नाइट्रस अक्साइड, सल्फर डाइअक्साइड घटाएर जति हुनुपर्ने हो त्यति बनाउन सहयोग पुर्याउँछ ।
सन् २०१० मा ‘सेन्ट्रल पोलुसन् कन्ट्रोल बोर्ड’ दिल्लीले गायत्री चेतना केन्द्रको सहकार्यमा पूर्वी दिल्लीमा गरेको एक अध्ययनले एक हप्ताको नियमित हवनले पर्यावरणमा हानिकारक जीवाणुको संख्या घटेको देखाएको थियो। सामान्यतः कुनै काठ दाउरा बाल्दा कार्बन मोनोअक्साइड उत्सर्जन हुन्छ।
तर हवनमा प्रयोग गरिने काठ (समिधा) हरुबाट उक्त हानिकारक ग्यास उत्सर्जन नभएको पाइएको थियो । हवनबाट उत्पन्न भइरहेको धुवाँले हवन क्रियामा संलग्नहरुको श्वासप्रश्वास प्रणाली भित्र प्रवेश गरी त्यहाँ अवस्थित हानिकारक जीवाणुहरुको समेत सफाइ गर्दछ ।
जनपदध्वंशका कारणमा समय (काल)को विकृतिलाई पनि औंल्याइएको छ । यो समयअनुसार मानवसमाजको खानपान शैलीमा आएको विकृतिलाई पनि भनिएको हो ।
१ डिसेम्बर २०१९, चीनको वुहान शहरमा सर्प, चरा, चमेरा, लोखर्के, खरायो लगायतका वन्यजन्तुको मासु वा जिउँदो बेचबिखन हुने बजारमा काम गर्ने कामदारहरुमा निमोनिया जस्तो अज्ञात रोग देखा पर्यो । रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने संक्रमितहरु एक्कासी बढ्न थाले । तीमध्ये केही मरे । पाँच हप्तापछि जनवरी ७ मा उक्त अज्ञात रोगको पहिचान गरियो– कोभिड–१९ ।
जीवविज्ञान अनुसार स्तनधारी प्राणी मानव जातिको शरीरले केही जीवाणुलाई सहअस्तित्वमा संरक्षण गरेको हुन्छ, जो मानव स्वास्थका लागि हानिकारक हुँदैन । यसैगरी अन्य प्रजातिका प्राणीहरुमा फरक–फरक प्रकारको जीवाणु सहअस्तित्वमा बसेका हुन्छन् ।
मानवजातिले अन्य प्राणीलाई भोजनको रुपमा ग्रहण गरेपछि त्यस्ता जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् । प्रवेश पाएको जीवाणु मानव शरीरमा स्वीकार्य भए केही हुँदैन अन्यथा त्यसले रोग निम्त्याउँछ र कहिलेकाहीँ महामारीकै रुप लिन्छ । कोभिड १९ ले पनि यसरी नै महामारीको स्वरुप प्राप्त गरेको देखिन्छ।
पछिल्लो समय पश्चिमी समाजले पनि हवनको बहुआयामिक पक्षबारे थप अध्ययन अनुसन्धान गरेर यसका सूक्ष्म एवं बहुआयामिक वैज्ञानिक पक्षहरु उजागर गर्दै आएको छ । थप अध्ययन एवं अनुसन्धानका लागि सबैले आफैलाई पनि प्रेरित गर्नुपर्छ । यो पूर्वीय सभ्यताको शाश्वत संस्कार र संस्कृति पनि हो, जसप्रति गौरव गर्न सकिन्छ ।