बुटवल अस्पतालमा मृत्यु भएका युवामा कोरोना नभएको पुष्टि
बुटवल कोरोना विशेष अस्पताल मृत्यु भएका युवामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
बुटवलको कोरोना अस्पतालमा उपचारका क्रममा आइतबार रुपन्देहीको सैनामैना–४, का ३४ वर्षीय बाबुराम थापाको मृत्यु भएको थियो । तर, उनको स्वास्थ्य रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
“ल्यावमा मात्र आधार रहेर सत प्रतिशत नेगेटिभ हो भन्ने आधार हुँदैन” डा. थापाले भने, “रिपोर्ट नेगेटिभ आउँदा हामीलाई पनि किटान गरेर भन्न गारो भयो । शत प्रतिशत कोरोना हुँदै होइन भन्न सक्ने स्थिती पनि भएन । लक्षणहरु सवै मिलेको छ, उहाँले उतैबाट ज्वोरो लिएर आउनुभएको थियो ।”
अस्पतालको सम्पर्कमा आएपछि उपचारको सवै प्रयास गरेको डा. थापाले बताए ।