बन्दाबन्दीमा सेलिब्रिटीको समय पाएपछि रमाउँदै परिवार
– बिष्णुकान्त घिमिरे
कोभिड १९ को महामारीले विश्वभर भयावह रुप लिएपछि नेपालमा पनि सतर्कता अपनाउँदै सरकारले लकडाउन (बन्दाबन्दी) घोषणा गरेको छ। महामारीका कारण भोग्नुपरेको यो बाध्यता कलाकारहरूका लागि पारीवारिक समय ब्यतित गर्ने बाहाना बनेको छ।
व्यस्त दैनिकी हुने कलाकारहरू परिवारसँग खासै समय बिताउन पाउँदैनन्। बन्दाबन्दीले उनीहरूलाई यो अवसर जुराएको छ। सेलिब्रेटी सन्तानले पारिवारिक समय व्यतीत गरिरहँदा उनीहरुको पारिवारिक सदस्यको प्रतिक्रिया यस्तो छ :
प्रकाश सपुत:
दोहोरी ब्याटल सँगै 'बोल माया' र 'गलबन्दी' जस्ता लोक गीतले स्थापित गरेको नाम हो प्रकाश सपुत। उनका हरेक गीतमा सिर्जनात्मक कला झल्कन्छ । 'माकुर माकुर घुर' गीतको सुटिङ त उनले आफ्नै बिहेमै गरेका थिए।
बाग्लुङ धम्जाका प्रकाश अहिले नौ जनाको परिवार सहित गाउँमै छ्न। चलचित्र परदेशी २ मा अनुबन्धित भएका उनी बन्दाबन्दीको समयमा त्यसैको चरित्र निर्माणमा घोत्लिदै गर्दा उनकी आमा मीना कुमारी बिश्वकर्माले आफ्नो खुशी यसरी साटिन:
"छोरो आजभोलि असाध्यै ब्यस्त छ। बिहान एउटा जिल्लाबाट फोन गरे बेलुका अन्तै पुग्थ्यो। दशैंमा बाहेक सुटिङको बेला मात्र घर आउथ्यो। अहिले ढुक्कले घर बस्न पाएको छ । रोग आएको छ भन्ने डर भए पनि सबै जना घरै बस्न पाउँदा खुशी लाग्दो रहेछ ।
प्रकशलाई कोदोको ढिँडो र लोकल कुखुराको मासु असाध्यै मन पर्छ । त्यही भएर अहिले धित मरुन्जेल ढिडो खुवाउन पाएकी छु । खै के के हो लेखेर बस्छ । कहिले एक्लै बोलेर बसेको हुन्छ । उसको कलाकरिताको तयारी होला। उ त्यसरी बस्दा दूध चिया पकाएर लगीदिन्छु। भैंसीको शुद्ध दूधको चिया उसलाई औधी मन पर्छ।"
शृङ्खला खतिवडा:
पूर्व मिस नेपाल शृङ्खला खतिवडा सामाजिक काममा सक्रिय छिन्। चेतनामूलक भिडियो बनाउन र भ्लगिङमा समेत रुची राख्ने खतिवडा घुम्न औधी रुचाउँछिन्।
बन्दाबन्दीमा परिवार सहित काठमाडौको घरमै रहेकी खतिवडा सँगको पारिवारिक महोल उनकी आमा मुनु सिग्देलले यसरी सुनाईन्:
"मिस नेपालको तयारीदेखि ब्यस्त रहेकी शृङ्खलाले फुर्सद पाएकै बल्ल हो। म आफू पनि नेकपा मकवानपुरको पार्टी अध्यक्ष भएको कारण जिल्ला तिरै ब्यस्त हुने भएकीले छोरीसँग राम्रो समय बिताउन पाएकी थिईन।
अहिले उ घरैमा छ। हामी सबै जना दिनको एउटा फिल्म सँगै हेर्छौं।
शृङ्खला मसँग खाना पकाउन सिक्दै छ। सानोमा मैले जङ्क फुड भन्दा घरै पाकाएको खाजा खुवाउथेँ। आलु पराठा उसलाई निकै मन पर्ने खाजा हो।
अहिले उनले पराठा बनाउन सिकिन, बर्गर बनाउँदै छिन। ललितपुरमा बन्न लागेको पार्कको डिजाइन पनि गर्दैछिन उनि। म पनि छलफल गरि सघाउँदै छु।
उनलाई डायरी लेख्न मन पर्छ। लेख रचना प्रकाशित गर्न खासै रुची नभएपनी लेखेर हामीलाई सुनाउँछिन। लगभग दुई बर्षपछि घरमा लामो समय बिताउन पाएकी शृङ्खलाले घर सफाई र अन्य काममा समेत सघाएकी छिन।"
अनिल केशरी शाह:
नबिल बैंकका सिईओ अनिल केशरी शाह नेपालको बैंकिङ क्षेत्रमा आवद्ध ब्यक्तिहरूबीच सर्वाधिक लोकप्रिय नाम हो। ग्याजेटका सौखिन र सामाजिक सेवामा समेत रुची भएका उनी हाल बन्दाबन्दिमा काठमाडौँस्थित आफ्नै निवासमा परिवारसँऊ रमाइरहेका छ्न। उनको घर बसाई बारे उनकी पत्नी रती शाहले यसरी वर्णन गरिन:
"उहाँलाई घर बस्ने फुर्सद नै हुन्थेन। अहिले हामीले उहाँसँगै घरमा बस्ने सुनौलो मौका पाएका छौँ। पहिले छुट्टी हुँदा पनि घुम्न निस्कौं भन्नूहुन्थ्यो। चाडबाड बाहेक घरमा समय दिनै भ्याउनुभएको थिएन। अहिले आफै बगैंचा गोड्नु हुन्छ।
उहाँलाई खाना बनाउन चाहिँ आउदैन। चिया कफि भने बनाएर खुवाउनु हुन्छ। कफि वहाँको प्रिय पेय हो। बिहे गरेदेखि अहिलेसम्म उहाँको पारिवारिक समय पाएको यो पहिलो पटक हो। यो समय 'इन्जोय' गर्ने हो । नभए फेरि यो समय त आउँदैन।
हिजो उहाँ आफैले जाडोका लुगा थन्क्याएर गर्मीको लुगा निकाल्नु भयो। यो काम बर्सेनि मैले नै गर्दै आएकी थिएँ। उहाँलाई नेपाली खाना नै मन पर्छ। यो बन्दको अवधी लम्बिएमा खाना बनाउन पनि सिके हुन्थ्यो जस्तो लाग्छ।"