१०० वर्ष पुरानो महामारीकाे सम्झना
सन् १९१८ को स्पेनिस फ्लुको महामारीबाट संसारले धेरै कुरा सिक्यो । सम्भवतः आजको कोभिड १९ महामारीसँग जुधिरहेको विश्वले पनि जनस्वास्थ्यमा आजसम्म कहिल्यै नसिकेको, नचिताएको सुधार गर्नेछ ।
अहिलेको कोभिड १९ महामारीले हामीलाई विगतका ऐतिहासिक महामारीहरुबारे गुगल गर्न बाध्य पारेको छ । खोजीकै क्रममा भेटिन्छ, १९१८ मा देखिएको इन्फ्लुएन्जा महामारी । जसबाट विश्वमा २ देखि ४ करोड मानिसको ज्यान गएको थियो र ती मध्ये करीब आधा तपाईं हामी बसिरहेको दक्षिण एसियाकै वासिन्दा थिए ।
१०० वर्षअघि यूरोप चार वर्षे महाविनाशकारी प्रथम विश्वयुद्धबाट तंग्रिन खोजिरहेको थियो । ठीक यही बेला अमेरिकी सैनिकमा यो ज्वरो देखियो । र, त्यहीँबाट यो महामारी जंगलको आगो झैं यूरोपभरि फैलियो ।
यसलाई ‘स्पेनिस’ फ्लु भनिए पनि यो भाइरस पहिलो पटक उत्तर अमेरिकामा देखिएको थियो । पछि अमेरिकी सैनिकहरुसँगै एटलान्टिक महासागर पार गर्याे। यसलाई स्पेनिस फ्लु किन पनि भनिन्छ भने यो भाइरसले लामो समयपछि पनि फ्रान्स र स्पेनको सीमामा रहेको पाइरेनिज पर्वतका मानिसहरुलाई बिरामी बनाइरहेको थियो ।
युद्धपछि बेलायती सेना भारत फर्किए । तिनीहरु मध्ये केही गोर्खाली सैनिक पनि हुनसक्ने अनुमान गरिन्छ । सैनिकहरु मार्फत नै भाइरस बम्बई आइपुग्यो । त्यहाँबाट भारतको विशाल रेल्वे सञ्जालमा फैलियो । यही भाइरसकै कारण प्रत्येक १००० जनामध्ये ५० भारतीय मरे।
संभवतः १९१८ को वसन्त ऋतुमा बसाइँ सरेर आएका जलपक्षीले एटलान्टिक पार गर्नु अघि नै कन्सासका मानिसमा सारे । र, यूरोप पुगे । ग्रीष्म ऋतुमा यो सुस्त गतिमा फैलियो तर शरद ऋतुमा बदलाको भावनासहित फर्कियो।
पश्चिमा साहित्यमा स्पेनिस फ्लुबारे धेरै पुस्तक लेखिएका छन्, तर दक्षिण एसियामा धेरैजनाको ज्यान लिने महामारी सम्बन्धी खासै अभिलेखीकरण भएको पाइँदैन ।
महात्मा गान्धी पनि यो भाइरसको संक्रमणमा परेका थिए । भारतमा घाटहरुमा लास जलाउने दाउरा नै सकिएपछि नदी किनारमै शवहरु गाडिएका थिए । अहिलेको कोभिड १९ भन्दा फरक के थियो भने यो महामारीमा ज्यान गुमाउने अधिकांश २० देखि ४० वर्ष उमेर समूहका थिए।
फैलँदो कोभिड १९ महामारीमा एउटा चाँदीको घेरो छ भने त्यो दक्षिण एसियामा उपेक्षित अन्य संक्रामक रोगहरु क्षयरोग, टाइफाइड, टाइफस, लेप्टोस्पिरोसिस आदिको परीक्षणको हो । अर्को चाहिँ पश्चिमा जगतमा खोपहरुप्रतिको विश्वास पुनः जागृत गर्नु हो । किनकि खोपले दुष्प्रभाव बारेको अफवाहले कतिपय अभिभावक आफ्ना बालबालिकालाई खोप लगाउन छाडेका छन्, जसले डिप्थेरिया, पोलियो र लहरे खोकी जस्ता रोग देखिएको छ।
स्पेनिस फ्लुबाट २८ प्रतिशत अमेरिकी प्रभावित भए, ६,७५,००० मारिए । पहिलो विश्वयुद्धमा मारिएका कुल अमेरिकी सैनिकहरु मध्ये आधा त इन्फ्लुएन्जाकै कारण मरेका थिए । त्यसवेला चीनमा भने यो महामारीको प्रभाव खासै परेन, जसलाई आज पनि आश्चर्यका रुपमा लिइन्छ।
धेरै भाइरसका संवाहक जनावर हुन् । स्पेनिस फ्लु पनि हाँस र सुँगुरबाट सरेको थियो । २०१२ मा खाडीक्षेत्र प्रभावित पार्ने मर्स कोरोना भाइरस ऊँटबाट सरेको थियो । त्यस्तै २००३ मा फैलिएको सार्स कोरोनाभाइरस बिरालोको प्रजाति सिभिटबाट सरेको थियो । संभवतः कोभिड १९ पनि अरु कोरोना भाइरस जस्तै चमेरोबाट उत्पत्ति भएर सालकबाट मानिसमा सरेको भनिन्छ । तर, यसको वैज्ञानिक पुष्टि भने हुनसकेको छैन ।
स्पेनिस फ्लुले पुष्टि गरे झैं हामी दक्षिण एसियालीमा कोभिड १९ विरुद्ध लड्न सक्ने विशेष रोग प्रतिरोधात्मक क्षमता छ भन्ने तर्कको कुनै प्रमाण छैन। त्यसैले के गर्न सकिन्छ त ?
सबैभन्दा पहिले महामारी प्रभावित क्षेत्रहरुमा भ्रमण नगरेको भए पनि शंकास्पद मानिसमा कोभिड १९ छ, छैन भन्ने थाहा पाउन सकेसम्म धेरैको परीक्षण गर्नुपर्छ । हामीले जति धेरै परीक्षण गर्छौं त्यति नै रोगको फैलावट थाहा पाउन सकिन्छ ।
समुदायहरुमा ‘क्रस—सेक्सनल सेरोलोजिकल’ परीक्षण पनि गर्न सकिन्छ, जुन अहिले भइरहेको जस्तो राइबोन्युक्लिक एसिड (आरएनए) आधारित डाइग्नोस्टिक परीक्षण भने होइन।
रगत मार्फत गरिने यो परीक्षणबाट शरीरमा भाइरस फैलिएको छ, छैन मात्र नभई संक्रमणको सम्भावना भएका व्यक्तिहरुको प्रतिरोध क्षमता पनि थाहा पाउन सकिन्छ । यसले समुदायमा फैलिने संभावना कति छ भन्ने धारणा बनाउन पनि मद्दत गर्छ।
परीक्षण सही, सरल, सस्तो र छिटो हुन आवश्यक छ । छिटो पहिचान गर्दा संक्रमित पत्ता लाग्ने मात्र होइन, उपचारमा निर्णय लिन पनि सघाउ पुर्याउँछ । अनावश्यक उपचार र एन्टिबायोटिक प्रयोगबाट पनि जोगाउँछ । रोग सही ढंगले पहिचान गर्दा चिकित्सा संकटका रुपमा रहेको एन्टिमाइक्रोबायल रेसिस्टेन्स पनि प्रतिरोध नियन्त्रण हुन्छ । तर, अहिले त रोग पहिचान गर्न घन्टा होइन, केही दिन नै लाग्ने अवस्था छ।
फैलँदो कोभिड १९ महामारीमा एउटा चाँदीको घेरो छ भने त्यो दक्षिण एसियामा उपेक्षित अन्य संक्रामक रोगहरु क्षयरोग, टाइफाइड, टाइफस, लेप्टोस्पिरोसिस आदिको परीक्षणको हो।
अर्को चाहिँ पश्चिमा जगतमा खोपहरुप्रतिको विश्वास पुनः जागृत गर्नु हो । किनकि खोपले दुष्प्रभाव बारेको अफवाहले कतिपय अभिभावक आफ्ना बालबालिकालाई खोप लगाउन छाडेका छन्, जसले डिप्थेरिया, पोलियो र लहरे खोकी जस्ता रोग देखिएको छ।
महामारी हामीले भर्खरै भोगेको भूकम्प जस्तै हो, जुन चाहेर रोक्न सकिंदैन । त्यसैले कोभिड १९ महामारीबाट बच्ने उत्तम स्रोत साधनको खोजी नै अहिलेको प्राथमिकता हो । किनकि भविष्यमा पनि अरु महामारी नआउलान् भन्न सकिन्न।