कोभिड– १९ महामारी: नेपाललाई आत्मनिर्भर हुने अवसर
कोभिड– १९ महामारीले नेपाललाई आफ्नै उत्पादन र क्षमताबाट आत्मनिर्भर हुने अर्को अवसर दिएको छ ।
– इभान जी सोम्लाई
चीनमा कोरोना भाइरस संक्रमणका कारण गरिएको ‘लकडाउन’ पछि प्रदूषण नाटकीय रुपमा कम देखियो । भूउपग्रहबाट लकडाउनपछि र अघि लिइएका तस्वीरहरू नियाल्दा प्रष्टसँग थाहा पाउने गरी नै वातावरणमा सुधार भएको पाइयो । यसबाट कति छिटो हावा स्वच्छ बनाउन र स्वास्थ्यमा सुधार गर्न सकिन्छ भन्ने थाहा पाउन सकिन्छ ।
यदि यही वातावरण सुधारलाई कायम राख्ने हो भने, व्यक्तिहरूले, देशहरू र अर्थव्यवस्थाले सचेततापूर्वक उपभोक्तावाद कम गर्नुपर्छ । उत्पादनका साधनहरूलाई पुनस्र्थापित गर्नुपर्छ । आर्थिक विकासबारे पुनर्विचार गर्नुपर्छ ।
नेपालका लागि यो बेला राष्ट्रिय अर्थतन्त्रको पुनर्संरचना गर्ने, आत्मनिर्भर बनाउने र भविष्यमा आउनसक्ने प्रकोप नियन्त्रण तयारीको अवसर पनि हो ।
मेरो अनुभवमा सन् १९७० को दशकदेखि मैले धेरै त्यस्ता परियोजनाहरूसँग साक्षात्कार गरेको छु, जसले जनहित, स्थानीय र महिला समुदायको विकासमा प्रेरित गर्ने विविध सीप र कृषि उत्पादन बाहिरी बजारका लागि डिजाइन गरिएको थियो । शहरमा बस्ने विदेशीका लागि फलफूल, तरकारी र पर्यटन उद्योगका विभिन्न प्रकारका हस्तकला जस्ता उत्पादनहरू बढिरहेका थिए ।
विस्तारै परिस्कार र गुणस्तर सुधारका कुरा आइरहेका थिए, त्यसका लागि स्थानीयलाई सहयोगको आवश्यकता थियो । जस्तो कि, निश्चित तरकारी उत्पादन गर्न चाहिने मल, हस्तकलाका लागि चाहिने औजार वा सामग्री ।
म दुर्गम क्षेत्रमा यस्तो परियोजनामा काम गरिरहेकाहरूसँग कसरी उत्पादन वृद्धि गर्न सफल भयौ ? आफ्ना उत्पादन बजारसम्म कसरी ल्यायौ ? भनेर सोधेको सम्झन्छु । उनीहरू मुख्यतः यातायात भन्थे ।
तर, विस्तारै वर्षायाममा सडकको दुरवस्थाले पिरोल्न थाल्यो । किसानका लागि यातायातको लागत बढ्यो । श्रमिक हड्ताल, राजनीतिक कलह, जनसांख्यिक परिवर्तन आदिले उत्पादित सामग्री बिक्री गर्ने स्थानीयको क्षमता प्रभावित पा¥यो । स्थानीय उत्पादन धरासायी बन्न थाल्यो ।
ईएफ सुमाकरले ‘स्मल इज ब्युटिफुल’ भन्ने बुझेका थिए । यस विषयमा पुस्तक नै लेखेका जर्मनमा जन्मेका बेलायती गान्धीवादी अर्थशास्त्रीले स्थानीय स्रोतबाटै स्थानीय उत्पादन बढाउन प्रवद्र्धन गरे । किनभने, बाहिरी दुनियाँको आवश्यकता, लामो दूरीको यातायात स्थानीयको नियन्त्रण बाहिर थियो ।
आत्मनिर्भरता जुनसुकै भूगोलका लागि आवश्यक नहोला । म विश्वव्यापी रुपमा आयात–निर्यात बन्द गरौं भन्ने सुझाव पनि दिइरहेको छैन । तर, कोभिड १९ महामारीजस्ता अन्य थुप्रै आर्थिक, सामाजिक संकटहरूमा विदेशबाट खाद्य सामग्री समेत आयात गर्नुपर्ने देश र अर्थतन्त्र छिटै कमजोर हुन्छन् भन्ने तथ्यप्रति भने विचार पु¥याउनैपर्छ । बाह्य अन्तरक्रिया नगर्ने भन्ने होइन, तर अधिक उपभोक्तावाद घटाउन उचित सीमाभित्र स्थानीय उत्पादनमा सुधार र बजार प्र्रवद्र्धनको प्रयास गर्नु आवश्यक हुन्छ ।
पर्यटन अचम्मको चिज हो । यो आगन्तुकका भरमा बाँच्दछ । त्यसैले पनि अहिले आत्मनिर्भरताका कुरा प्रासंगिक छ । त्यसका लागि सडक, बाटोघाटो, नेतृत्व, परिमार्जित नयाँ ज्ञान र सीप, मार्गदर्शन, आवास र खाद्य सेवा सुधार गरिहाल्नुपर्ने थप अन्य विषय हुन् । स्वच्छता र सरसफाइमा थप तालिम र अनुगमनले हाम्रो अर्थतन्त्रलाई अझ बलियो बनाउने छ ।
भिजिट नेपाल २०२० जस्ता अभियान मार्फत नेपालले पर्यटक संख्या वृद्धि गर्न चाहेको हो भने यस्ता महामारीलाई पनि ध्यान दिनुपर्छ । संक्रमणजन्य प्रकोपका बेला पर्यटकहरूलाई कसरी व्यवहार गर्ने, सुरक्षित कसरी राख्ने, आवास र खानपिनको व्यवस्था कसरी गर्ने जस्ता कुरा पनि अबको पर्यटन निर्देशिकामा पर्नुपर्छ ।
कोरोना भाइरसको संक्रमण जस्ता विरलै देखिने महामारीका लागि मात्र होइन, पूर्वानुमान गर्न सकिने स्वास्थ्य समस्याबारे पनि विशेष रणनीति बनाउनुपर्छ । जस्तो कि, गएको वर्ष सगरमाथामा भएको आरोहीको ‘ट्राफिक जाम’ पछि सरकारी, गैरसरकारी, निजी क्षेत्र सबैको सामूहिक प्रयासमा एउटा प्रष्ट नीति बनाइएको छ । कोभिड १९ को यो बेला पनि हामी आत्मनिर्भर बन्ने यस्तै पहल र संकल्प गर्न सक्छौं ।
(लामो समय नेपालका स्वास्थ्य, उद्योग र पर्यटन मन्त्रालयमा परामर्शदाताका रुपमा काम गरेका सोम्लाई क्यानाडास्थित इथ्नोब्यूरोक्राटिका संस्थाका निर्देशक हुन् ।)