कोरोनाभाइरसले पर्दाफास गरेको राजनीतिको शक्ति
–डेभिडरन्सिम्यान
हामी सुनिरहेका छौं, यो एउटा भयावह युद्ध हो । के साँच्चै कोरोनाभाइरसको संक्रमण एउटा भयावह युद्ध हो? कुन आधारले मानौं कि यसले युद्धको झल्को दिन्छ भनेर?
स्पष्ट छ, राजनीतिसँग यसको कुनै तर्क र जवाफ छैन। त्यसैले राजनीतिकर्मीले यसलाई युद्ध भनिदिएका छन्। प्रधानमन्त्रीले टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै स्वतन्त्रता नियन्त्रण गर्ने भाषण गरिरहेका बेला विपक्षीहरू त्यसको समर्थनमा ताली बजाउँछन् ।
संसद छ, जो यो सब गर्ने थलो बनेको छ तर त्यसको आफ्नै गति छ । मानिसहरू घरभित्र थुनिएका छन् । उनीहरूको लडाइँ घरभित्रै सीमित भएको छ । राष्ट्रिय एकताको सरकार बनाउने विषयमा बहस चलिरहेको छ । तर वास्तबमा राजनीति पूरापूर गायब भएको छ।
तर यो राजनीतिका लागि पूर्णविराम होइन । यो राजनीतिक कमजोरीहरूको खुलासा हुने एउटा अवस्था मात्रै हो । लोकतन्त्रमा हामी राजनीतिलाई हाम्रो समर्थनमा विभिन्न पार्टीबीच हुने प्रतिस्पर्धाका रुपमा बुझ्छौं । हामी राजनीतिक जीवनमा को के बन्छ भन्ने विषयमा बढी केन्द्रित हुन्छौं ।
हामीले भोट दिएपछि ऊ के बन्छ, हाम्रा लागि कसले के गर्ने वाचा गरेको छ र को फाइदाको लागि भोट माग्दैछ ? हामी यसैमा बढी केन्द्रित भइरहेका हुन्छौं । हामी चुनावलाई यिनै प्रश्नहरूको उत्तर खोज्ने एउटा माध्यमका रुपमा बुझ्दछौं । तर लोकतन्त्रमा सबैभन्दा ठूला प्रश्न हुन्, हामीले दिएको भोटको आधारमा सरकार बनाएपछि तिनीहरूले कसरी असाधारण शक्तिको प्रयोग गर्ने छन् र तिनीहरूको व्यवहारमा हामी कस्तो प्रतिक्रिया दिनेछौं?
यी यस्ता प्रश्न हुन् जसले सँधै राजनीतिका सिद्धान्तहरूलाई घेरामा राखिरहेका हुन्छन् । तर तिनीहरू अब त्यति सैद्धान्तिक रहेनन् । वर्तमान संकटले यो देखाइदिएको छ । कसले कसका लागि के गरिदिन्छ भनेर सोच्ने प्रवृत्ति सिद्धान्त भन्दा बढी राजनीतिक अस्तित्वलाई कमजोर बनाउने प्रमुख कारणका रुपमा देखा परिरहेको छ ।
आधुनिक राजनीतिको केन्द्रमा सामूहिक आवश्यकता र व्यक्तिगत चाहना बीचको व्यापार मुख्य बनेको देखिन्छ । यो १७औं शताब्दीका दार्शनिक थोमस हाेब्सले देशहरू गृहयुद्धद्वारा थिलथिलो भएकावेला प्रतिपादन गरेको "फाउस्टियन बार्गेनिङ" को सिद्धान्त हो ।
हाेब्सलाई थाहा थियो, राजनीतिक शासन गर्नु भनेको नागरिकमाथि जीवन र मृत्युको निर्णय गर्ने शक्ति राख्नु हो । त्यही कारणले होला हामी कुनै व्यक्तिलाई हाम्रो शक्ति सुम्पेर शासक बनाउँछौं, सामूहिक सुरक्षाका लागि विश्वासको मूल्य तिर्छौं । यसको अर्थ यो पनि हो कि हामी हाम्रो जीवन र मृत्युको निर्णय सुम्पिरहेका हुन्छौ, जुन पछि गएर हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ।
मुख्य समस्या के हो भने राजनीतिमा भोट माग्नेहरू अन्तिममा चुनाव जितेपछि आफ्ना वाचा पूरा गर्दैनन्, जुन तिनीहरूले भोट माग्दा गरेका हुन्छन्।
त्यतिवेला हामीसँग केवल दुईवटा विकल्प हुन्छन् । कि त आफ्नो अधिकारको शक्ति प्रयोग गरेर शासकलाई चुनावमा भोट माग्दा गरेका वाचा पूरा गर्न बाध्य तुल्याउने । होइन भने राजनीतिक संकटको सामना गर्ने, जुन हाेब्सले भने जस्तै हामीले सबैभन्दा बढी त्रासको वातावरणको सामना हो।
लोकतन्त्रमा हामीसँग नेतालाई अर्को चुनावसम्म पर्खिने र उसले गरेका कमजोरीको सजाय दिने महत्वपूर्ण सुविधा हुन्छ । तर जब आफ्नो मूल अस्तित्व नै संकटमा पर्न थाल्छ यस्ता विषय तपसिलमा समेटिन्छन् ।
यद्यपि, फेरि पनि विषय सजायको होइन, आवश्यकता अनुसारको निर्वाध अभिव्यक्ति स्वतन्त्रताको हो । यसले त नेताहरूको जागिरसम्म जाला, जो शक्तिमा भएकै कारण केही जोहो गरेर बसेका छन् । तर हामी हाम्रो अस्तित्व मात्रै होइन, सिंगो जीवन गुमाउन सक्छौं ।
आधुनिक राजनीतिको केन्द्रमा सामूहिक आवश्यकता र व्यक्तिगत चाहना बीचको व्यापार मुख्य बनेको देखिन्छ । यो १७औं शताब्दीका दार्शनिक थोम होब्बसले देशहरू गृहयुद्धद्वारा थिलथिलो भएका वेला प्रतिपादन गरेको "फाउस्टियन बार्गेनिङ" को सिद्धान्त हो।
लोकतन्त्रमा आम सहमति बाहेक यसको विकल्प स्पष्ट गरिएको छैन । तर अहिले अवस्था त्यति व्याकुल बनिसकेको पनि छैन । सरकारले आफ्ना निर्णयहरू आम नागरिकका भाषामा गरिरहेको देखाउने यत्न जारी राखेको छ।
सत्ताले अझै देखाउनैका लागि भएपनि व्यक्तिमाथिको विश्वास गुम्न नदिएको उदाहरण प्रस्तुत गर्न खोजेको छ । तर यूरोपका मुलुकहरूको अनुभवले संकट कसरी गहिरिन पुग्यो भनेर स्पष्ट देखाइसकेको छ । इटालीका मेयरको भिडियो फुटेजमा देखिन्छ, उनी कसरी मानिसहरूलाई घरभित्रै बस्नु भनेर चिच्याउँदै माइकिङ गरिरहेका छन्।
"मलाई भोट देऊ वा अरू कसैलाई" भनेर भन्नु नियमित लोकतान्त्रिक राजनीति हो । "यसो गर होइन भने…" भन्नु कमजोर लोकतान्त्रिक राजनीति हो । यस्तो बिन्दुमा यो अरू कुनै प्रकारका राजनीतिभन्दा फरक हुन सक्दैन ।
अहिलेको संकटले थुप्रै तीतोसत्यको रहस्य उद्घाटन गरेको छ । राष्ट्रिय सरकारले वास्तवमै अर्थ राख्दछ, अझ तपाईं कुन र कस्तो खालको सत्ताको मातहतमा हुनुहुन्छ भन्ने विषयले त झनै अर्थ राख्दछ ।
यद्यपि, अहिलेको महामारी एउटा विश्वव्यापी घटना हो । यसले कोही अमुक सरकारले भन्दा पनि फरक तवरले अलग-अलग स्थानमा एउटै प्रकृतिको असर पारेको छ । अहिलेसम्म आ-आफ्नो तरिकाले नियन्त्रणका लागि कामहरू गरिए पनि कोही दुईवटा राष्ट्रले फरक अनुभव गरेको भनेका छैनन् । महामारीको असर समान परेको छ।
यो सबै घटनाक्रम सकियो भने के सही थियो र के गलत थियो भन्ने हामी देख्ने नै छौं । तर अहिलेका लागि हामी हाम्रो नेताको दयामा बाँची रहेका छौं । यो होब्सले चेतावनी दिएको जस्तै विषय हो: कुनै पनि राजनीतिको केन्द्रमा मैमत्त हुने वा मनोमानी गर्नुपर्छ भन्ने तत्वको अभाव हुँदैन । तर त्यो व्यक्तिगत प्रवृत्तिका कारण उत्पन्न हुने विषय हो।
बन्दाबन्दी (लकडाउन) ले लोकतन्त्रको रहस्य पनि उद्घाटन गरिदिएको छ । अरू राजनीति शासनजस्तै लोकतन्त्र पनि अन्तत: शक्ति र व्यवस्थाकै लागि रहेछ भन्ने देखिएको छ । तर हामीले केही आधारभूत फरकहरू पनि देखेका छौं ।
चीन जस्ता निरंकुश शासन प्रणालीहरूमा पनि शासकलाई विकल्प दिन गाह्रो नै हुन्छ । तर उनीहरूका लागि उपर्युक्त ठहरियो भने लोकतन्त्रभन्दा विपरीत सूचनालाई लामो समयसम्म दबाएर राख्न सक्छन् । जब कुनै कदम चाल्नु पर्यो भने उनीहरू सहजै अघि बढ्न सक्छन् ।
यस्तो होइन कि लोकतन्त्रमा दयालु, सहज र राम्रा ठाउँहरू छैनन् । तिनीहरू असल हुने कोशिस त अवश्य गर्छन् तर अन्त्य त्यसमा सीमित हुँदैनन् । यद्यपि, लोकतन्त्रमा कठिन वा निरंकुश शासन गर्न गाह्रो नै हुन्छ। संकट गहिरिनुभन्दा पहिले समस्याको समाधान गर्ने क्षमताको लोकतन्त्रवादीमा कमी नै देखिएको छ।
लोकतन्त्रवादीहरू त्यति वेलासम्म अपेक्षा गरिरहेका हुन्छौं, जति वेलासम्म हाम्रा लागि अर्को विकल्प भेटिदैन । लोकतन्त्रवादीले घुमाउरो तवरले समाधान खोजिरहेको हुन्छ।
चीनजस्ता निरंकुश शासन प्रणालीहरूमा पनि शासकलाई विकल्प दिन गाह्रो नै हुन्छ। तर उनीहरूका लागि उपर्युक्त ठहरियो भने लोकतन्त्रभन्दा विपरीत सूचनालाई लामो समयसम्म दबाएर राख्न सक्छन् । जब कुनै कदम चाल्नु पर्यो भने उनीहरू सहजै अघि बढ्न सक्छन्।
चीनले निर्ममता पूर्वक गरेको बन्दाबन्दी (लकडाउन) ले अन्तत: रोग नियन्त्रण गर्न सफल भयो । लोकतन्त्र पनि त्यत्तिकै निर्दयी हुन सक्छ जति २०औं शताब्दीका युद्धहरूमा भएको थियो।
यो युद्धमा दुश्मन तपाईंको सामुन्ने उभिएको छ । यस महामारीको दौरान अवस्था यस्तो बनेको छ कि रोगले संक्रमित हुने र मृत्यु हुने मानिसको गणना गरेर बस्नु परेको छ। लोकतान्त्रिक राजनीति वास्तवमा 'श्याडो बक्स' जस्तो बनेको छ । राज्यलाई थाहा छैन कि कुन चिज सबैभन्दा बढी खतरनाक बनिरहेको छ।
लोकतान्त्रिक अनुकूलता र निरंकुश क्रूरताबीच शक्ति प्रयोगको प्रतिस्पर्धाले हाम्रो भविष्यलाई आकार दिनेछ । हामी भयावह र हिंस्रक दुनियाबाट निकै लामो यात्रा तय गर्दै छौं, जुन होब्बसले करीब ४०० वर्ष पहिल्यै निर्क्यौल गरिसकेको गन्तव्य थियो।
केही लोकतान्त्रिक मुलुक पनि महामारी व्यावस्थापनमा सफल देखिएका छन् । दक्षिण कोरियाले व्यक्तिगत सम्पर्कलाई ट्रेस गरेर तीव्र गतिमा महामारी नियन्त्रण गरिरहेको छ । तर त्यहाँका शासकहरूसँग भर्खरै सन् २०१५ मा मर्स महामारी नियन्त्रण गरेको अनुभव पनि थियो, जसले केही सहज बनाएको हुनसक्छ।
इजरायलले पनि धेरै यूरोपियन मुलुकहरूले भन्दा राम्रो प्रयास गरेको छ । तर यो एउटा यस्तो समाज हो जो पहिल्यैदेखि युद्धले ग्रस्त छ । कुनै पनि चिज तपाईंले पहिल्यैदेखि गरिरहनु भएको छ भने त्यसलाईं फेरि अंगाल्न खासै गाह्रो हुँदैन । जब नयाँ कोशिस गर्नुहुन्छ त्यो असाध्यै कठिन हुनजान्छ।
केही वर्ष यता वैश्विक राजनीति भनेको केवल प्रतिद्वन्द्वी टेक्नोक्रेसीको विकल्प हो । चीनमा एक दलीय राज्य व्यवस्थाले समर्थन गरेको इञ्जिनियरहरूको सरकार छ । पश्चिममा अर्थशास्त्री र केन्द्रीय ब्यांकहरूको शासन छ, जुन प्रजातन्त्रिक प्रणालीका विरुद्ध काम गर्छ । यसले विशाल र जटिल आर्थिक तथा सामाजिक प्रणालीहरू सञ्चालन गर्ने विषयमा विशुद्ध प्राविधिक तवरले मात्रै सोच्न सिकाउँछ।
तर गएका केही हप्ता यता नयाँ दृश्यहरू देखिन थालेका छन् । निर्णयहरू कसरी अन्तिम शक्तिको रुपमा प्रयोग गर्ने भन्नेमा केन्द्रित देखिन्छन् । यिनीहरू मात्र प्राविधिक प्रश्न होइनन् । कतैकतै त निरंकुशता अपरिहार्य पनि देखिएको छ।
लोकतान्त्रिक अनुकूलता र निरंकुश क्रूरताबीच शक्ति प्रयोगको प्रतिस्पर्धाले हाम्रो भविष्यलाई आकार दिनेछ । हामी भयावह र हिंस्रक दुनियाबाट निकै लामो यात्रा तय गर्दै छौं, जुन होब्सले करीब ४०० वर्ष पहिल्यै निर्क्यौल गरिसकेको गन्तव्य थियो।
तर, हाम्रो विश्व राजनीति अहिले पनि होब्सले चिन्ने गरी उस्तै छ।
लेखक क्याम्ब्रिज विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन्। उनका 'दी पोलिटिक्स अफ गूड इन्टेन्सन्स', 'पोलिटिकल हिप्पोक्रेसी', 'पोलिटिक्स: आइडियाज इन प्रोफाइल', 'हाउ डेमोक्रेसी इन्ड्स' र 'ह्वेर पावर स्टप्स' लगायत पुस्तक प्रकाशित छन् ।
अनुवाद: दिपेश शाही