काठमाडौं महानगरले विदेशबाट फर्किएकाहरूकाे तथ्याङ्क लिने
काठमाडौं महानगरपालिकाले गएको १८ फागुन पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण थप फैलन नदिन महानगरले तथ्याङ्क लिन लागेको हो ।
नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले महानगरले तथ्याङ्क लिन ३२ वटै वडा कार्यालयलाई पत्राचार गरिसकेको छ ।
हानगरको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षलाई पठाएको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।
त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ ।