२७२ जर्मन नागरिक स्वदेश फर्कदै (तस्वीरहरु)
विश्वव्यापी कोरोना महामारी रोकथामका लागि सरकारले बन्दाबन्दी घोषणा गरेको छ । ११ चैतबाट एक हप्तासम्म बन्दाबन्दी घोषणा गरिएको छ ।
यो अवधिमा नेपालमा रहेका जर्मन नागरिक स्वदेश फर्कदैछन् । राजधानी उपत्यकाका विभिन्न स्थानबाट २७२ जर्मन नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ ।
सरकारले नेपालमा रहेका विदेशी नागरिकलाई आफ्नो देशमा फर्कन रोक लगाएको छैन ।