कोरोना महामारीका कारण ओलम्पिक स्थगित
विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि जापानमा हुने ओलम्पिक–२०२० स्थगित भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लगायत केही नेताहरुले पहिलेबाटै ओलम्पिक स्थगित गर्न आग्रह गर्दै आएका थिए । तर, जापानका प्रधानमन्त्री सिन्जो आबेले तयारी पूरा भइसकेकाले स्थगित गर्न मानिरहेका थिएनन् ।
तर, कोरोनाको महामारी विश्वभर फैलिएपछि भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष सँगको छलफलपछि ओलम्पिक स्थगित गरिएको हो । २४ जुलाईबाट हुने ओलम्पिक अब एक वर्षलाई स्थगित भएको छ ।