पूर्वको पानीट्याङ्की नाकामा ३ सय नेपाली अलपत्र
पूर्वको काँकडभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका करीब तीन सय नेपाली भारतीय नाका पानीट्याङ्कीमा अलपत्र परेका छन्।
मन्त्रिपरिषद्को निर्णय अनुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन्। तिनमा भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थी छन्।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिए।
प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षणका लागि आउँदै छन्।