कविता कृति ‘वीर्य जमिन’ सार्वजनिक
कवि बादल चाम्लिङको दोस्रो कविता कृति ‘वीर्य जमिन’ सार्वजनिक भएको छ । कृति कविको गृहनगर बेलबारीमा सार्वजनिक गरिएको हो ।
श्रष्टा समाज बेलबारी र बेलबारी विकास समितिको आयोजनामा प्रमुख अतिथि वरिष्ठ कवि तथा बेलाबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीको, श्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङ, समालोचक आचार्य ‘अ’ तथा स्वयं कवि वादल चाम्लिङले कृतिको सार्वजनिक गरेका थिए ।
कार्यक्रमका वक्ता आचार्य ‘अ’ले कवि बादल चाम्लिङलाई जसरी ‘पाठेघर’ कविता कृतिले चर्चित बनायो त्यसैगरी ‘वीर्य जमिन’ले थप उचाईमा पु¥याउने बताए ।
कवि बादल चाम्लिङ सफल कविको रुपमा स्थापित भइसकेकोले उनको कवित्वमाथि बोल्नु भन्दा नि उनको कविता पढ्नु पर्नेमा जोड दिए । बादलको कविता पाठकले दोहो¥याई, तेहेर्याई पढ्नेमा ढुक्क भएको उन्ले बताए ।
कवि बादल चाम्लिङले अन्य क्षेत्रमा जस्तै लेखनमा पनि नारीहरूले व्यवहारिक कठिनाईहरु भोग्नुपरेको बताउँदै भनिन् ‘म एउटा गृहिणीलाई कविको मञ्चमा उभ्याउनुभएको छ । मलाई यो धरातलमा ल्याउने आम पाठक तथा शुभेच्छुकहरूको नै भएकाले म सदा समाज वरपर नै रहेर कलम चलाउनेछु ।’
उनले संग्रह भित्रका बोक्सि शीर्षकको कविता समेत वाचन गरिन् । जुन कविता आम नेपाली नारीहरुप्रति समर्पित रहेको बताइन् ।
‘मलाई शङ्का लाग्यो
ए ए.....बिस्तारै है भनेँ
कुची उठाएर तप्लङ्ग एक तप्को रङ चोब्यो
सुलुलुलु गुजुल्टो परेको कपाल देखाइदिइ त हाल्यो
मुखमा दाह्रा
औंलामा हतियारझैँ लाग्ने नङ्ग्राहरू थपिदियो
सौभाग्य र स्व–पराक्रमको प्रतीक रातो बिन्दी सुहाउँछ
बिन्ती गदैै छु
तप्लक्कै कालो टीका पो लगाइदियो ।
यतिन्जेलसम्म
अशुभले साम्राज्य जमाइसकेको थियो
ठुलो भिड
अलग्गै पर बसेर यो तमासा हेरिरहेको थियो ।
यसरी यो समाजले आफू खुसी क्यानभासमा एउटा आकृति उता¥यो
र नाम दियो
बोक्सी ।’
कार्यक्रमका प्रमुख अतिथि पराजुलीले समाज समृद्धिको लागि साहित्य अपरिहार्य रहेको जिकिर गरिन् । उनले बादलको कविताहरुले समाज र जनजीवनलाई समेटेको बताइन् ।
गीतकार तथा संगीतकार जे.बी. थुलुङले सञ्चालन गरेको सो कार्यक्रममा श्रष्टा समाजका अध्यक्ष एवम पूर्व सासद हर्कमान तामाङ सभाध्यक्ष रहेका थिए ।