कोरोनाभाइरस फैलिने क्रम बढेपछि इटालीमा डेढ करोड मानिस क्वारेन्टाइनमा
इटालीमा कोरोनाभाइरसको संक्रमण व्यापक फैलिन थालेपछि डेढ करोडभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राखिएको छ।
कोरोनाभाइरसको संक्रमण फैलिएको लोम्बार्डी र वित्तीय क्षेत्र मिलानलगायत स्थानमा गरी १ करोड ६० लाख मानिसलाई १ महिनासम्मका लागि अनिवार्य क्वारेन्टाइनमा राखिएको इटलीका प्रधानमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
इटाली सरकारले आगामी अप्रिलसम्म क्वारेन्टाइनमा राख्ने र कसैले नियमलाई उल्लंघन गरे ३ महिनासम्म जेल सजाय भोग्नुपर्ने निमय लागू गरेको छ। कोरोनाभाइरसको संक्रमणका कारण व्यायामशाला, पौडीपोखरी, संग्रहालय आदि पनि बन्द हुने भएका छन्।
बीबीसीका अनुसार त्यसबाट कूल १ करोड ६० लाख मानिस प्रभावित हुने भएका छन्।
कोरोनाभाइरका कारण पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको संख्या ५० भन्दा बढी पुगेको छ भने इटालीमा मृत्यु हुनेको संख्या २ सय ३० पुगेको छ। साथै ५ हजा ८ सय ८३ भन्दा बढी संक्रमित भएकोइटलीको राष्ट्रिय स्वास्थ्य निकायले जानकारी दिएको छ।
यसैबीच विश्व स्वास्थ्य संगठनले इटलीलाई संक्रमण फैलिन नदिन गम्भीर रूपमा लाग्न सुझाव दिएको छ।