भारतीय नाकामा कोरोनाको निगरानी
भारतीय सीमावर्ती क्षेत्रमा कोरोना भाइरस नियन्त्रण गर्न सशस्त्र प्रहरीले मोरङसँग सीमा जोडिएका १५ ठाउँमा जानकारी मुलक कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्ला सुरक्षा समितिको सहकार्य तथा विराट मेडिकल कजेलका स्वास्थ्यकर्मीको सीमावर्ती क्षेत्रमा जानकारी मुलक कार्यक्रम गरिएको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी वल ३ नम्बर गण हेड क्वाटर मोरङका एसपी नेत्रबहादुर कार्कीले १५ वटा सामुदायिक विद्यालयका विद्यार्थी र समुदायलाई कोरोना भाइरसबाट बच्ने तरिका सिकाइएको बताए ।
विराटनगरसँग सीमा जोडिएका रानी, दरहिया, इस्लामपुर, जहदाको डुमरिया, धनपालथानको तरिगामा, नोचा, खयरवना, मायागञ्ज, रंगेलीको चोप्राहा, चुनिबारी, सुनवर्षिको सिक्टी, लगायतका ठाउंका सचेत गराइएको छ ।
कोरोना भाइरसको लक्षण, सर्ने तरिका र जोगिने उपाधका साथै यसबाट जोगिन बच्न हात धुनै पर्ने र धुने तगरिएका सिकाइएको छ ।
एसपी कार्कीका अनुसार, मोरङका १२ वटा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । “साना ठुला सबै नाकामा निगरानी बढाइएको छ, शंकास्पद ब्यक्तिलाई स्वास्थ्य परिक्षणमा पठाइन्छ”, उनले भने । प्रदेश सरकारको सहकार्यमा विराटनगर महानगरपालिकाले जोगवनी भंसार नाकामा २२ फागुनदेखि स्वास्थ्य सहायता केन्द्र संचालन गर्दै आएको छ ।
जिल्लाका सबै नाकाहरुबाट नेपाल भित्रिने शंकास्पद ब्यक्तिहरुको निगरानी गरेर सहायता कक्षमा पु¥याउन सुरक्षाकर्मी तैनाथ गरिएको सशस्त्र प्रहरी निरीक्षक प्रेम सिग्देलले बताए । अन्तराष्ट्रिय नाकामा अन्य देशमा स्वास्थ्य सहायता कक्ष नियमित हुंने भएपनि नेपालमा भनें आवश्यक्ता पर्दा मात्रै राख्ने गरिएको छ ।
सशस्त्र प्रहरीले मोरङसँग जोगिएका भारतीय सीमावर्ती क्षेत्रमा ६ वटा बोर्डर आउट पोष्ट र विराटनगर भन्सारस्थित एक गुल्मले कोरोना भाइरस भित्रिन नदिन निगरानी गर्दै आएको छ ।
निगरानीकर्ताले कुनै पनि शंका लागेका ब्यक्तिलाई स्वास्थ्यकर्मीसम्म पुर्याउछन् । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सुचना जारी गरेर यस पटकको होलीमा कोरोना भाइरसबाट बच्न भिडभाड नगर्न आग्रह गरेको छ ।