कोरोनाका कारण ईपीएल लगायत प्रतियोगिताहरु रोक्ने तयारी
कोरोना भाइरसको संक्रमणबाट बच्न सबै खेल प्रतियोगिताहरु रोक्ने राष्ट्रिय खेलकदु परिषद् (राखेप) ले तयारी गरेको छ ।
सरकारले भेला तथा सभाहरु आयोजना नगर्न आग्रह गरेको छ । सरकारले भेलाको आयोजना नगर्न आग्रह गरेकाले खेल प्रतियोगिताहरु रोक्ने तयारी भइरहेको राखेपले जनाएको छ ।
राखेपका अनुसार, चलिरहेको प्रतियोगिता भने रोकिने छैन । तर, अब हुने प्रतियोगिता भने स्थगित गर्ने तयारी भइरहेको राखेपले जनाएको छ ।
राखेपले यस्तो निर्णय गरे देशभरका विभिन्न घरेलु प्रतियोगिता रोकिनेछ । सवैभन्दा बढी प्रभाव १ चैतबाट आयोजना हुन लागेको एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई पर्नेछ ।
ईपीएलका लागि टेष्ट राष्ट्रका चर्चित स्टार खेलाडी अनुबन्धित भएका छन् ।