कोरोनाभाइरसको प्रभावले थलिंदै अर्थतन्त्र
११ फागुनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न चीनले गणतन्त्रको स्थापनायताकै कठिन संघर्ष गर्नुपरेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनायो ।
चिनफिङले ‘सार्वजनिक स्वास्थ्यको सङ्कट’ भनी उल्लेख गरेको कोभिड–१९ चीनबाट फैलिएर दक्षिण कोरिया, इरानसहित चार दर्जन देशमा पुगिसकेको छ । महामारीका रूपमा फैलिरहेको यो भाइरसका कारण अहिलेसम्म २८०० भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ८२ हजारभन्दा बढी संक्रमित छन् ।
मानव जीवनमा जोखिमसँगै यो सङ्कटले विश्व अर्थतन्त्रको संरचनालाई नै खल्बल्याउने आकलन गरिएको छ । औद्योगिक उत्पादनको ‘फ्याक्ट्री’ भनी चिनिएको चीनको अर्थतन्त्र शिथिल हुँदा ‘ग्लोबल भ्यालु चेन’ नै विचलनमा परेको विश्लेषण गरिएको छ ।
संसारभरिका ठूला शेयर बजारमा गिरावट आएको छ । विश्व अर्थतन्त्रको प्रक्षेपण र विश्लेषण गर्ने संस्था अक्सफोर्ड इकोनोमिक्सले कोभिड–१९ ले सन् २०२० को विश्वको आर्थिक वृद्धिमा कम्तीमा ०.५ प्रतिशत विन्दु असर पार्ने प्रक्षेपण गरेको छ । यो भाइरसको संक्रमण चीनमा जस्तै अन्यत्र पनि फैलिए १.५ प्रतिशत विन्दुसम्म असर पार्ने संस्थाको आकलन छ ।
कोरोनाको डरलाग्दो पक्ष के हो भने, सार्वजनिक स्वास्थ्यको यो सङ्कटको समाधान कसरी हुन्छ भन्ने अझैसम्म अनिश्चित छ । त्यसैले आर्थिक क्षति पनि कति गहिरो हुन्छ भन्ने यकिन छैन ।
यो भाइरसको त्रासदीको सीधा असर चिनियाँ कम्पनीले निर्माण गरिरहेका नेपालका कैयौं जलविद्युत् आयोजना र विमानस्थलमा पर्दै कतिपय परियोजनाको काम रोकिएका वा सुस्त भएका छन् ।
नेपाल अहिलेसम्म कोभिड–१९ बाट सिर्जित मानवीय क्षतिबाट जोगिन सके पनि यसले अर्थतन्त्रमा चौतर्फी असर पार्ने सङ्केतहरू देखा परिसकेका छन् । तर, सरकारले सम्भावित भयावह सङ्कटसँग जुध्न आवश्यक तयारी र सतर्कता अपनाएको छैन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना सङ्कटलाई नै सङ्केत गर्दै क्षेत्रीय र वैश्विक कारणले यो वर्षको आर्थिक वृद्धिदरमा चाप पर्ने बताइसकेका छन् । नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि कोरोनाका कारण मूल्यवृद्धिमा चाप परेको बताएका छन् । चीनसँग जोडिएको वैदेशिक व्यापार, पर्यटन, विकास निर्माणका आयोजनामा असर देखिन थालिसकेका छन् ।
यो भाइरसको त्रासदीको सीधा असर चिनियाँ कम्पनीले निर्माण गरिरहेका नेपालका कैयौं जलविद्युत् आयोजना र विमानस्थलमा पर्दै कतिपय परियोजनाको काम रोकिएका वा सुस्त भएका छन् ।
त्यस्तै, चिनियाँसहित तेस्रो मुलुकका पर्यटकको आगमनमा जनवरी यता ठूलो गिरावट आएको छ, जसका कारण होटलहरूको बुकिङ ह्वात्तै झ्रेको व्यवसायीहरूले बताएका छन् । यस्तै, चीनबाट आयात ठप्प छ । चीनका उद्योग र अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा ‘अन्तर्राष्ट्रिय मूल्य शृङ्खला’ मै परेको प्रभावको असर भारत हुँदै नेपालमा भित्रिने आकलन गरिएको छ ।
जलविद्युत्मा ‘फोर्स मेजर’
चीनको वुहानमा डिसेम्बरको अन्त्यमा देखापरेको कोरोना भाइरसको प्रकोपले नेपालका खोलानालामा बनिरहेका कैयौं जलविद्युत् परियोजनालाई थला पार्ने सङ्केत देखिएको छ । जस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल काम गरिरहेको चिनियाँ कम्पनी सीडब्लुईले ‘फोर्स मेजर’ अर्थात् काबु बाहिरको परिस्थिति देखाएर काम रोकेको छ ।
आयोजना प्रमुख छवि गैरेका अनुसार, चिनियाँ नयाँ वर्ष मनाउन गएका कम्पनीका करीब ७० जना दक्ष कामदार फर्किएका छैनन् । थप २० जना दक्ष जनशक्ति ल्याउने काम पनि रोकिएको छ । यसै पनि गएको साउनको पहिरोबाट करीब ६ महीना काम रोकिएको यो परियोजनाको आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्य पूरा नहुने निश्चितप्रायः छ ।
सीडब्लुईले काम रोकेपछि इलेक्ट्रोमेकानिकलको जिम्मा लिएको भारतीय कम्पनी भोईथले पनि ‘फोर्स मेजर’ कै सूचना परियोजना व्यवस्थापनलाई दिइसकेको छ । यो परियोजना बन्न एक दिन ढिला हुनुको अर्थ त्यहाँबाट उत्पादन हुने बिजुलीको दैनिक करीब रु.१ करोड गुम्नु हो ।
असारमा सक्ने तर्खरमा रहेको रसुवामै निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा टर्वाइनसहितका उपकरणहरू जडान हुनै लागेका थिए । तर, आयोजना निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चोङसाङका प्राविधिक र अन्य कर्मचारी नयाँ वर्षको विदा मनाएर नफर्किएपछि काम रोकिएको छ ।
परियोजनाका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ काम अगाडि बढाउन नसके यो परियोजना असारमा पूरा गर्न कठिन पर्ने बताउँछन् । सोही कम्पनीले बनाइरहेको ४२ मेगावाटको तल्लो साञ्जेन परियोजना पनि रोकिएको छ ।
कोरोनाको सबैभन्दा ठूलो असर चाहिं रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी परियोजनामा परेको छ । चिनियाँ नयाँ वर्ष मनाउन पुसको शुरूमा गएका पाँच दर्जन जति प्राविधिक तथा कामदार फर्किन नसकेपछि चिनियाँ कम्पनी सिचुवान आनेईले काबु बाहिरको परिस्थिति भन्दै निर्माण रोकेको छ ।
३.८ किमी लामो सुरुङको काम आधा भए पनि अहिले रोकिएको र इलेक्ट्रोमेकानिकलका उपकरण आउन नसक्दा पावरहाउसको काम पनि रोकिएको परियोजनाका प्रबन्ध सञ्चालक मोहन गौतम बताउँछन् ।
आगामी पुससम्ममा निर्माण गरिसक्ने लक्ष्य राखिएको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाका इन्जिनियर, सुपरभाइजर पनि चीनबाट फर्किएका छैनन् ।
परियोजनाको गति सुस्त भएपछि तोकिएको अवधिमा परियोजना नसकिने निश्चितप्रायः छ । चिनियाँ व्यवस्थापक र प्राविधिक नफर्किएपछि १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना र ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनामा पनि असर परेको छ ।
कोरोनाको असरका कारण निजी क्षेत्रले निर्माण गरिरहेका विद्युत् आयोजनाहरूको गति पनि बिथोलिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईका अनुसार, कैयौं आयोजनामा चिनियाँ कामदारको अभाव छ भने कतिपयमा चीनबाट टर्वाइनसहितका उपकरण आउन सकेका छैनन् ।
जसका कारण निजी क्षेत्रका निर्माणाधीन तथा काम सकिने अवस्थामा पुगेका दुई दर्जन परियोजनाको काम प्रभावित भएको छ । “निर्माण सकिन लागेका परियोजनाहरूमा आवश्यक उपकरण नआउँदा आगामी असार अगावै उत्पादन शुरू गर्ने लक्ष्य पर धकेलिने देखिएको छ”, उनी भन्छन् ।
बुटवल पावर कम्पनीले बनाइरहेको २५ मेगावाटको न्यादी जलविद्युत् आयोजना कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ । चिनियाँ कम्पनीले बनाइरहेको यो परियोजना आगामी असारसम्ममा उत्पादन थाल्ने भनिए पनि चिनियाँ निर्माण व्यवस्थापक नआएपछि काम रोकिएको हो ।
दोलखाको सिंगटीखोला, भोजपुरको टक्सार पिखुवा खोला आयोजनाको काम पनि कोरोनाको प्रभावले ठप्प भएको छ । वर्षायाममा जलविद्युत् आयोजनामा धेरै काम हुँदैन । जसका कारण, हिउँदका केही महीना काम अवरुद्ध हुँदा पनि ठूलो नोक्सानी हुने अध्यक्ष गुरागाई बताउँछन् ।
कोरोना संक्रमणको असर चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले निर्माण गरिरहेको भैरहवा विमानस्थलमा पनि परेको छ । आगामी मार्च अन्तिमसम्ममा सक्ने लक्ष्य राखिएको विमानस्थलको काम चीनबाट प्राविधिक तथा उपकरण आउन नसकेपछि थप पछाडि धकेलिने सम्भावना छ ।
“काम हुने मुख्य मौसम हिउँदमै अवरोध भएपछि निर्माणाधीन परियोजना कम्तीमा एक वर्ष पर धकेलिएका छन्” उनी भन्छन् । परियोजना ढिलो हुँदा खर्च बढ्ने, ब्याङ्कको ब्याज तिर्न समस्या पर्ने त छँदैछ, त्यहाँबाट उत्पादन हुने बिजुलीको आम्दानी समेत गुम्छ ।
सरकारले चालु आर्थिक वर्षमा १००० मेगावाट थप विद्युत् उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । तर पछिल्लो व्यवधानका कारण ४०० मेगावाट हाराहारीमा मात्रै उत्पादन हुने देखिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् ।
विद्युत् आयोजनाका अधिकांश उपकरण चीनमै बन्ने भए पनि कोरोना प्रकोपका कारण ती सामान उतै अड्किंदा परियोजनाहरूको निर्माण अनिश्चित बनेको हो ।
विद्युत् आयोजनामा मात्र होइन, प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीका उपकरण खरीदमा पनि व्यवधान उत्पन्न भएको छ । प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार, पावर ट्रान्सफर्मर खरीदका लागि निरीक्षण गर्न चीनमा प्राविधिक पठाउनै सकिएको छैन ।
यस्तै, प्राधिकरणले चीनमा ट्रान्सफर्मरसहितका विभिन्न उपकरण ल्याउन गरेको ‘अर्डर’ अनुसारको आयात पनि रोकिएको छ । उता, त्रिशूली ३ बी र चिलिमे हब जोडिने तथा भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण कार्य पनि सामग्री र कामदार अभावले सुस्त छ ।
चार पटक म्याद थपिसकिएको यो परियोजनामा धावनमार्ग र टर्मिनल भवनका उपकरण चीनबाट ल्याएर जडान गर्न बाँकी छ ।
ढल्केबर–मुजफ्फरपुर डबल सर्किट ४०० केभी प्रसारण लाइन अन्तर्गत स्टेशन परीक्षणका लागि पनि चिनियाँ प्राविधिक आउन नपाउँदा काम रोकिएको छ । यो काम रोकिए नेपाल–भारतबीच ठूलो परिमाणको विद्युत् आयात–निर्यातमा समस्या पर्छ ।
कोरोना संक्रमणको असर चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले निर्माण गरिरहेको भैरहवा विमानस्थलमा पनि परेको छ । आगामी मार्च अन्तिमसम्ममा सक्ने लक्ष्य राखिएको विमानस्थलको काम चीनबाट प्राविधिक तथा उपकरण आउन नसकेपछि थप पछाडि धकेलिने सम्भावना छ ।
चार पटक म्याद थपिसकिएको यो परियोजनामा धावनमार्ग र टर्मिनल भवनका उपकरण चीनबाट ल्याएर जडान गर्न बाँकी छ ।
चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गतिमा पनि कोरोनाले व्यवधान पुर्याएको छ । चीन गएका कामदार नफर्किएको तथा नयाँ कामदार नआएकाले निर्माण सुस्त भएको हो ।
व्यापारमा अवरोध, पर्यटनमा सङ्कट
कोरोना भाइरसको जोखिम बढेपछि चीन जोड्ने प्रमुख व्यापारिक नाका केरुङ गएको १६ माघदेखि ठप्प छ । तातोपानी नाका पनि एक महीनादेखि बन्द छ । नाका बन्द गरिनुअघि पनि चिनियाँ नयाँ वर्ष परेकाले आयात सुस्त थियो । यसले बजारमा चीनबाट आउने सामग्रीको अभाव हुन थालेको व्यवसायीहरूको दाबी छ ।
चीनबाट वर्षेनि रु.२ अर्बको सामान आयात हुन्छ, जसमा मुख्यतया विद्युतीय सामग्री, लत्ताकपडा, जुत्ताचप्पल, मेसिनरी औजार आदि पर्छन् । नेपाल सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल आयात ठप्प हुँदा गर्मी मौसममा ती वस्तुहरूको अभाव हुने देख्छन् ।
“चीनबाट अर्डर दिएर सामान ल्याउन दुई/तीन महीना लाग्छ, चीनका उद्योगले उत्पादन पनि रोकेकाले बजारको आपूर्ति प्रणालीमा केही महीनासम्मै असर पर्न सक्छ”, उनी भन्छन् ।
उनका अनुसार, करीब १५० कन्टेनर स्याउ चीनतिरै अड्किएका छन् भने चीनबाट भारत हुँदै आउने कन्टेनर पनि विशाखापट्टनम् बन्दरगाहमै अड्किएको छ । नेपाल फ्रेट फरवार्ड एशोसिएसनका महासचिव सुन्दरप्रसाद दाहालका अनुसार, चीनबाट नयाँ सामान ल्याउने अर्डर गत फेब्रुअरीको शुरूआतदेखि नै रोकिएको छ ।
चीनबाट आउने मेडिकल मास्क, ह्यान्ड स्यानिटाइजर लगायतका सामग्रीको पनि अभाव शुरू भएको केमिकल तथा मेडिकल सप्लायर्स एशोसिएसनका अध्यक्ष अर्जुन रायमाझी बताउँछन् । उनका अनुसार, मासिक २० लाख आवश्यक पर्ने मास्कको आयात ठप्प हुँदा बजारमा अभाव भएको छ ।
“चीनबाट रु.४ मै आयात हुने मास्क भारतबाट आयात गर्दा भारु १५.५० (नेरु.२५) तिर्नुपर्छ, त्यसैले बजारमा मास्क भित्रिएको छैन”, उनी भन्छन् ।
नेपाल फर्मास्युटिकल्स एशोसिएसनका पूर्व अध्यक्ष दीपक दाहालका अनुसार, कोरोना प्रकोपका कारण औषधिको कच्चा पदार्थ उत्पादन रोकिएपछि भारतमा औषधिको लागत ५० प्रतिशत महँगो हुने आकलन गरिएको छ ।
औषधिको कच्चा पदार्थमा भारत चीनसँग आश्रित छ । जसका कारण नेपालमा आयात हुने औषधिको मूल्य आकाशिने सम्भावना छ । “दुई–तीन महीनासम्म पुग्ने गरी औषधि मौज्दात रहेकाले तत्काल मूल्य बढ्दैन, तर त्यसपछि आयात हुने औषधिको मूल्य बढ्छ”, दाहाल भन्छन् ।
कोरोना महामारीको प्रत्यक्ष असर भने नेपालको पर्यटन क्षेत्रले भोगिरहेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कम्तीमा ३ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्र पछिल्लो समय थलिन थालेको छ ।
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरे पनि कोरोना संक्रमणको त्रासले वर्षको शुरूआतदेखि नै असर पारिरहेको छ । ठमेलमा पर्यटक लक्षित सामग्री बिक्री गर्ने कैयौं पसल र केही बारहरू बन्द भइसकेको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।
होटल संघ नेपाल (हान) का कार्यकारी सदस्य तथा सांग्रिला होटलका कार्यकारी प्रमुख प्रवीण पाण्डेका अनुसार, कोरोनाको त्रासका कारण पर्यटक घटेकाले आगामी अप्रिलसम्मका लागि गरिएको बुकिङ धमाधम रद्द भइरहेको छ ।
“विगतको अनुभव हेर्दा अहिले होटल अकुपेन्सी (भरिने दर) कम्तीमा पनि ६० देखि ७० प्रतिशत हुनुपर्ने हो, तर १० देखि २५ प्रतिशत मात्र छ”, उनी भन्छन् ।
नेपालमा भारतीयपछि सबैभन्दा बढी पर्यटक चिनियाँ नै आउँछन् । सन् २०१९ मा नेपाल आएका ११ लाख ९७ हजार पर्यटकमध्ये चिनियाँ मात्रै १४ प्रतिशत थिए । चिनियाँ पर्यटकको संख्या घट्दा नै नेपालको पर्यटन क्षेत्र धर्मराउन थालिसकेको बताइन्छ ।
कोरोना सङ्कटपछि चीनबाट नेपाल आउने सिचुआन र तिब्बत एअरलाइन्स तथा नेपालबाट चीन जाने हिमालय एअरलाइन्सको उडान पूर्ण रूपमा ठप्प भएको छ ।
चीनका विभिन्न शहरबाट हुने साताको ६५ वटा उडान गत सातादेखि कटौती भएर जम्मा आठ वटामा झ्रेका छन् । कोरिया र जापानका गरी करीब ६० हजार पर्यटक नेपाल आउँछन् । ती मुलुकमा पनि कोरोना सङ्कट शुरू भएकाले तत्काललाई पर्यटक आउने सम्भावना कम छ ।
सन् २०१९ को जनवरीमा ८१ हजार पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको जनवरीमा ६७ हजार मात्रै पर्यटक भित्रिएका छन् । फेब्रुअरीमा त्यो संख्या अझ् घटेको आकलन छ ।
प्रमुख पर्यटकीय स्थल ठमेलमा पर्यटक नहुँदा होटल, रेस्टुरेन्ट रित्ता र पस्मिना, हस्तकलाका सामग्री आदि बिक्री गर्ने पसलहरू सङ्कटमा पर्न थालेका छन् ।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का पूर्व अध्यक्ष सीएन पाण्डेका अनुसार, चिनियाँ पर्यटक मात्र नभएर तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या पनि घटिरहेको छ । उनका अनुसार, कोरोना चीनबाट फैलिएर कोरिया, इरान लगायतका देशमा समेत पुगेकाले तेस्रो मुलुकका पर्यटक समेत त्रस्त भएर बुकिङ रद्द गरिरहेका छन् ।
कोरोनाका कारण संसारभरिको आवागमन दर घटिरहेको र एअरलाइन्सहरूले उडान स्थगित गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाउँदै आएका छन् । सन् २०२० को जनवरीमा पर्यटकको आगमन गएको वर्षको भन्दा घटेको छ ।
सन् २०१९ को जनवरीमा ८१ हजार पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको जनवरीमा ६७ हजार मात्रै पर्यटक भित्रिएका छन् । फेब्रुअरीमा त्यो संख्या अझ् घटेको आकलन छ ।
पर्यटक नआएर बुकिङ रद्द भएपछि होटलहरूको आम्दानी घट्छ, यसले ब्याङ्कहरूको रकम तिर्ने क्षमता कमजोर हुन्छ । ब्याङ्कले ऋणको सावाँ–ब्याज नपाउँदा खराब कर्जा बढ्ने र ब्याङ्किङ प्रणालीमै जोखिम बढ्छ । नेपाल राष्ट्र ब्याङ्कका अनुसार, नेपालको पर्यटन उद्योगमा ब्याङ्क तथा वित्तीय संस्थाले रु.१ खर्ब २८ अर्ब लगानी गरेका छन् ।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाई पर्यटक आगमन घटेर ट्राभल, होटल र ट्रेकिङ क्षेत्रमा असर पर्दा रोजगारीको अवसर खुम्चिने बताउँछन् । यी क्षेत्रमा पर्ने प्रभावको असर अप्रत्यक्ष रूपमा कृषि, साना उद्यमसम्म फैलिन्छ ।
विभागले गएको माघमा तयार पारेको आर्थिक वृद्धिको तथ्याङ्क सार्वजनिक नगरे पनि माथिल्ला निकाय राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा यसको जानकारी पठाएको छ ।
उनका अनुसार, टुर व्यवसायमा आगामी अप्रिल महीनासम्मको ८० प्रतिशतसम्म बुकिङ रद्द भइसकेको छ, बाँकी २० प्रतिशत पनि पर्ख र हेरकै अवस्थामा छ । गुरागाई भन्छन्, “अहिले नयाँ बुकिङ त आएकै छैन, भएका बुकिङ पनि रद्द हुँदै गएकाले पर्यटन व्यवसायीलाई दीर्घकालसम्म असर पर्ने जोखिम छ ।”
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार, पदयात्रामा पनि ५० प्रतिशत बुकिङ रद्द भइसकेको छ ।
आर्थिक वृद्धिमा तगारो
लगातार तीन वर्ष वार्षिक औसत झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिपछि यो वर्ष अर्थतन्त्रमा केही सुस्तता आउने अनुमानहरू यसअघि नै सार्वजनिक गरिएका छन् ।
सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने दाबी गरे पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । यद्यपि, कोरोनाको प्रभाव नेपाली पर्यटन उद्योग, व्यापार तथा जलविद्युत् लगायतका निर्माण क्षेत्रमा परेपछि के हुनेछ भन्ने नयाँ प्रक्षेपण गरिएको छैन ।
यसै पनि, चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) को तथ्याङ्कले अर्थतन्त्रमा सुस्तता आउन लागेको सङ्केत गरिसकेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार, पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हाराहारीमा मात्रै छ । जबकि, गएको आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६.७ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो ।
विभागले गएको माघमा तयार पारेको आर्थिक वृद्धिको तथ्याङ्क सार्वजनिक नगरे पनि माथिल्ला निकाय राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा यसको जानकारी पठाएको छ ।
धानको उत्पादनमा कमी, सरकारी खर्चको न्यूनता तथा निर्माण क्षेत्रको सुस्तताका कारण आर्थिक वृद्धिदर मध्यम मात्रै देखिएको विभागका एक अधिकारी बताउँछन् । यो वर्ष धानको उत्पादन गएको वर्षको तुलनामा १ प्रतिशत घटेको थियो । देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको करीब २७ प्रतिशत भूमिका छ, जसमा धानको मात्र योगदान झण्डै २१ प्रतिशत छ ।
आयात घट्दाको मुख्य असर अर्थतन्त्रमा १४ प्रतिशत योगदान दिने थोक तथा खुद्रा व्यापार क्षेत्र पनि खस्किन्छ । विलासिताका सामग्रीको आयात घट्नु सकारात्मक मानिए पनि उत्पादन बढाउने औद्योगिक कच्चा पदार्थ, निर्माण र मेसिनरी सामग्रीको आयात घट्नु अर्थतन्त्रको गतिशीलता कम भएको दृष्टान्त हो ।
विभागले अहिले दोस्रो त्रैमासिक (कात्तिक–पुस) को तथ्याङ्क सङ्कलन गरिरहेको छ । उपभोग्य वस्तु बजार, निर्माण क्षेत्रको सुस्तताले दोस्रो त्रैमासिकमा पनि आर्थिक वृद्धिदर अघिल्लो वर्षजति नहुने आकलन गरिएको छ ।
पछिल्ला वर्षहरूमा निर्माण क्षेत्र अर्थतन्त्रको विस्तारको मुख्य चालक रहँदै आएको छ । तर, आर्थिक वर्षको पहिलो ६ महीनामा विकास निर्माणमा प्रयोग हुने सामग्री र तिनका कच्चा पदार्थको आयात खुम्चिनुले पनि विकास निर्माणले अपेक्षित गति समात्न नसकेको देखाउँछ । राष्ट्र ब्याङ्कका अनुसार, पुस मसान्तसम्ममा फलाम (एमएस बिलेट) को आयात ४२ प्रतिशत र सिमेन्टको कच्चा पदार्थ कोइलाको आयात पनि ३८ प्रतिशत घटेको छ ।
निर्माण सामग्री मात्र नभई विद्युतीय सामग्री, मोबाइल फोन, सवारी साधनसम्मको बजारमा संकुचन आएको व्यवसायीहरूले बताउने गरेका छन् । जस्तै, आर्थिक वर्षको पहिलो ६ महीनामा कुल वस्तुको आयात ४ प्रतिशतले घटेर रु.६ खर्ब ३७ अर्बमा झ्रेको छ । यसले आन्तरिक माग घटेको सङ्केत गर्छ ।
आयात घट्दाको मुख्य असर अर्थतन्त्रमा १४ प्रतिशत योगदान दिने थोक तथा खुद्रा व्यापार क्षेत्र पनि खस्किन्छ । विलासिताका सामग्रीको आयात घट्नु सकारात्मक मानिए पनि उत्पादन बढाउने औद्योगिक कच्चा पदार्थ, निर्माण र मेसिनरी सामग्रीको आयात घट्नु अर्थतन्त्रको गतिशीलता कम भएको दृष्टान्त हो ।
यस्तो अवस्थामा थपिएको कोरोना प्रभावका कारण यो वर्षको आर्थिक वृद्धिमा चाप पर्ने अर्थशास्त्रीहरूको आकलन छ ।
अर्थशास्त्री डा. पोषराज पाण्डे भन्छन्, “नेपालमा आयात हुने सामग्री र तिनको मूल्य शृङ्खला कुनै न कुनै रूपमा चीनसँग जोडिएकाले कोरोनाको असर नेपाली अर्थतन्त्रमा पर्छ ।”
कपडाको टाँकदेखि हवाईजहाजको उपकरणसम्म बनाउने चीनका उद्योगहरू बन्द हुँदा विश्व आपूर्ति प्रणाली नै खल्बलिएको छ । त्यसैले अर्थशास्त्री चन्दन सापकोटा नेपाली अर्थतन्त्र छिमेक चीन र विश्व अर्थबजारसँग जोडिएकाले कोरोना प्रभाव नेपाली अर्थतन्त्रमा बलियोसँग पर्ने देख्छन् । “विश्वव्यापी मूल्य शृङ्खलामै अवरोध आएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार स्वतः प्रभावित हुन्छ”, उनी भन्छन् ।
कोरोनाले विश्वबजारमा शिथिलता ल्याएपछि नेपालको निर्यात व्यापारमा पनि सुस्तता शुरू भइसकेको छ । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ नेपालबाट निर्यात हुने वस्तुको माग नै नआएको र पस्मिना, गलैंचा, हस्तकलाका सामान आदिको निर्यात डरलाग्दो गरी खस्किएको बताउँछन् ।
“यस्ता सामग्रीको माग नै आएको छैन, पर्यटक नआएपछि सामान बिक्री नभएर थन्किएका छन्”, उनी भन्छन् । ललितपुर, पाटनमा ठेक्का मार्फत मूर्तिमा जलप लगाउने सहितका काम गर्ने लोकबहादुर खत्री निर्यात ठप्प हुँदा काम नै नआउँदा १० जना कामदार हटाउनुपरेको बताउँछन् ।
आर्थिक शिथिलताकै बीचमा कोरोना प्रभाव पनि थपिएपछि यो वर्षको आर्थिक वृद्धिदर ५ देखि ५.५ प्रतिशतमा सीमित रहने अर्थशास्त्री सापकोटाको आकलन छ ।
रोजगारीका लागि विदेशिने श्रम शक्तिमा पनि कोरोना संक्रमणको असर देखा परिसकेको छ । करीब ४० हजार नेपाली रहेको दक्षिण कोरियामा कोरोना संक्रमण देखिएपछि नयाँ कामदार पठाउने क्रम स्थगित भएको छ ।
कुल गार्हस्थ्य उत्पादनको गणनामा जानकार मानिने अर्थशास्त्री डा. डिल्लीराज खनाल पनि छिमेकका दुवै देशको अर्थतन्त्र सुस्ताएको तथा विश्व अर्थतन्त्र नै शिथिल भएको वेला नेपाली अर्थतन्त्रमा पनि अपेक्षित विस्तार नहुने देख्छन् ।
उनी आफूले वर्षको शुरूमा यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरे पनि अहिले त्यसमा समीक्षा आवश्यक रहेको बताउँछन् । “कोरोनाका कारण विश्वबजार सुस्ताए नेपालमा लगानी बढ्दैन, साथै विदेशी पर्यटकको संख्यामा आउने कमीले होटल, रेस्टुरेन्ट, कृषि उत्पादन तथा उपहारका वस्तु उत्पादन गर्ने साना र मझौला उद्योग एवं रोजगारीमा समेत गहिरो असर पर्छ”, उनी भन्छन् ।
रोजगारीका लागि विदेशिने श्रम शक्तिमा पनि कोरोना संक्रमणको असर देखा परिसकेको छ । करीब ४० हजार नेपाली रहेको दक्षिण कोरियामा कोरोना संक्रमण देखिएपछि नयाँ कामदार पठाउने क्रम स्थगित भएको छ ।
यद्यपि नेपाली कामदारहरू ठूलो संख्यामा रहेको मलेशिया र खाडी क्षेत्रका देशहरू अहिलेसम्म यसको चर्को मारमा परेका छैनन् । यी देशमा कोरोनाको प्रकोप फैलिए नयाँ कामदारको माग घटेर नेपाली अर्थतन्त्रको टेको बनेको रेमिटेन्समा असर पर्न सक्छ ।
नेपालले वर्षेनि भिœयाउँदै आएको रु.८ खर्ब ७९ अर्ब रेमिटेन्स नै नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने आधार हो । “रेमिटेन्सका स्रोत मुलुकमै कोरोना फैलियो भने नेपालको अर्थतन्त्रमा नसोचेको अप्ठ्यारो आउँछ”, अर्थशास्त्री सापकोटा भन्छन् ।