थिएटर मलमा ‘बहुलाकाजीको सपना’
नाटककार विजय मल्लको नाटक ‘बहुलाकाजीको सपना’ काठमाडौंमा मञ्चन भइरहेको छ । नाटक १ मंसिरदेखि काठमाडौं, सुनधारास्थित थिएटर मलमा मञ्चन प्रारम्भ भएको हो ।
पाठ्यपुस्तकमा समेत समावेश नाटक ‘बहुलाकाजीको सपना’ ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने निम्न वर्गीय परिवारले आफ्ना सन्तानमार्फत देखेका सपना नाटकमा प्रस्तुत गरिएको छ । समाजका कुरिती तथा वेथितीलाई नाश गरेर थिती बसाल्ने सपना बोकेका बहुलाकाजीले भक्ते र मानेजस्ता भरियाहरुदाई प्रेरित गर्दै उनीमा भरिदिएको आशाको कथा नाटकमा छ ।
बालक वीरेको आ“खामा रहेको चमकबाट प्रभावित हु“दै उनीमार्फत बहुलाकाजीले समाज परिवर्तन सपना बुन्छ तर आर्थिक दलदलमा फसेका परिवारका वीरेको अभावका कारण उपचार नपाई मृत्यु हुनु यस नाटकको दुखान्त पाटो हो ।
थिएटर मलको तीन महिनो अनिनय तथा नाट्य प्रशिक्षण कार्यशाला थिएटर ग्यारेजले तयार पारेको यस नाटकलाई शंकर भण्डारीले निर्देशन गरेका छन् । नाटक अझै केही दिनसम्म कलेज बुकिङ शोहरु हुने थिएटर मलले जनाएको छ ।
नाटककमा राजेन्द्र भट्ट, अर्जुन पौडेल, गणेश पौडेल, मदन पराजुली, राजिव धमला, शिव परियार, अर्मान श्रेष्ठ, समीर राई, जस्वन थापा मगर, उमेश कार्की, शालिक भट्ट, रविन खड्काले अभिनय गरेका छन् ।