मन्त्री ज्ञवाली जेनेभा प्रस्थान
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली मानवअधिकार परिषदको ४३औं उच्च स्तरीय बैठकमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् । नेपाली टोलीको प्रतिनिधित्व गर्दै मन्त्री ज्ञवाली जेनेभा प्रस्थान गरेका हुन् ।
जेनेभा प्रस्थान गर्नुअघि मन्त्री ज्ञवालीले द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालको प्रतिबद्धता दोहो¥याइने बताएका छन् । मन्त्री ज्ञवालीले यो वर्ष बालअधिकार सम्बन्धी सन्धी भएको २५औं वार्षिकोत्सवका अवसरमा नेपालले बाल अधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन लगायत सवै अधिकारबारे नेपालले निर्वाह गरेको भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने बताए ।
त्यहाँ रहँदा मन्त्री ज्ञवालीले राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने कार्यक्रम तय भएको छ । मन्त्री ज्ञवाली १२ फागुनबाट शुरु हुने कार्यक्रम सकेर १४ फागुनमा फर्कने कार्यक्रम तय भएको छ ।