सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा (भिडियाे)
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस एजेन्टसँगको अडियो संवाद सार्वजनिक भएसँगै विवादमा तानिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।
संसद वैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनको राजीनामाको अनौपचारिक जानकारी गराएका थिए ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त बर्खास्त गरी र छानबिनको माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो।
“मलाई औपचारिक पत्र त आएको छैन। तर अनौपचारिक जानकारी आएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ”, सभामुख सापकोटाले भने।
कांग्रेसले आजै राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको थियो । टेलिफोन संवादमा मन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको रेकर्ड सार्वजनिक भएको थियो ।