नेपाली फिल्मको प्रशंसा गर्दै प्रकाश झाले भने 'अब आउने-जाने गरिरहन्छु'
भारतीय फिल्म निर्देशक प्रकाश झाले नेपाली फिल्म मेकिङमा ‘न्यारेटिभ’ प्रतिस्पर्धात्मक बनिरहेको भन्दै प्रशंसा गरेका छन् । तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको समापन समारोहमा बोल्दै झाले नेपाली फिल्मसँगको आफ्नो पहिलो साक्षात्कार भए पनि भावनात्मक रहेको बताएका हुन्।
झाले फेस्टिभलको तेस्रो दिन आफ्नो फिल्म यात्रा सुनाउने क्रममा झाले फिल्म मेकिङका कला खोज्ने र कलाकै माध्यमबाट लगानी सुरक्षित हुनेगरी काम गर्न फिल्म निर्माताहरुलाई सुझाए ।
फेस्टिभलको फिचर फिल्मतर्फका मुख्य जुरीसमेत रहेका झाले नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव सुनाए ।
उनले नेपालसँगको आफ्नो पहिलो साक्षात्कार भए पनि अब आउने-जाने गरिरहने बताए ।साथै उनले नेपाली फिल्म क्षेत्रसँग सहकार्यका लागि पनि तयार रहेको बताए ।